Sunday, 06, December, 2020 info@saipalnews.com

सुन्दरपश्चिममा बिचौलियको बिगबिगि

कैलाली । सुन्दरपश्चिम प्रदेशमा तरकारीको मूल्यले आकाशिएको छ । ६० रुपौँया पर्ने तरसकारी १ सय २० रुपैँयामा बिक्री भइरहेको पाएको छ । पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य बृद्धि भएको उपभोक्ताहरुले जनाएका छन् ।  तरकारीको मृल्यबृुद्धि भएता गरिव विपन्न वर्गलाई तरकारी खान्न नसकिनु भएको जनाएको छ ।

यो हेर्नुस् जसरी बढेको छ , तरकारीको मृल्य । दुई हप्ताअघिसम्मको र अहिलेको 

पहिले प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी रु ६० बाट ९० पुगेको छ ।  यस्तै मूल्य बढेर नयाँ आलु रु ५५, पुरानो आलु रु ३५, प्याज रु ६०, लौका रु ७०, तानेबोडी रु १४०, काउली रु १२०, भेडेखुर्सानी रु १२०, हरियो तरकारी सानो मुठाको रु २५, गोलभेँडा रु १२०, हरियो खुर्सानी रु १०० पुगेको छ ।

सागसब्जीको चर्को मूल्यवृद्धिसँगै यसको कारोवार किलोमा भन्दा पाउको हिसाबमा बिक्री भइरहेको स्थानीयले जनाएका छन् ।  मूल्यवृद्धि अस्वभाविक ढङ्गले बढ्दै गएको भए पनि यसको अनुगनम गरी मूल्य नियन्त्रण गर्नेतर्फ कसैको पहल नभएको उपभोक्ताको गुनासो रहेको छ ।साग तरकारी उत्पादक किसानले उचित मूल्य पाउन सकेका छैनन्, तर भाउ भने बिचौलियाको नियन्त्रणमा छ ।

यस्तै यतिबेला कैलाली, कञ्चनपुरका तरकारी बजारमा कारोवार भइरहेको फुट्कीको मूल्य सुन्दा पत्याउन गाह्रो छ । बजारमा फुट्की प्रतिकिलो रु ७०० देखि रु ८०० मा कारोवार भएको छ । असार महीनामा फुट्की प्रतिकिलो रु एक हजारसम्ममा बिक्री भएको स्थानीयको भनाइ छ  ।