Friday, 25, September, 2020 info@saipalnews.com

नेपाली भूमिमा नेपालकै उपस्थिती शून्य

मुगु । मुगुमा रहेको नेपाल चीन भन्सार कार्यालय कर्मचारी वीहिन रहेको छ । जहाँ बाह्रै महिनामा एक पटक पनि कर्मचारी भेटिदैन् । तर नेपाल सरकारले भने उक्त क्षेत्रको लागि ५ जनाको दरबन्दी दिएको छ । एक जना नायवसुब्वा २ जना खरिदार र २ जना कार्यालय सहयोगी तोकेको छ । कार्यालय भने शून्य छ । चीनबाट के कस्ता सामग्री नेपाल भित्रीएका छन्  अथवा नेपालबाट कस्ता कृयाकलाप भइरहेको छ ।अहिले सम्म कसैलाई थाहा छैन् । भन्सार कार्यालयबाट कति राजस्व उठ्छ । त्यो पनि अत्तोपत्तो छैन् । नेपाल सरकारले पनि भन्सार कार्यालय स्थापना गरेपछि त्यसकौ हेरचाहा गर्नु पर्ने हो । तर सरकारले भने त्यहाँ भन्सार कार्यालय छ भने कितावमा छ ,व्यवाहरमा छैन् ।

यस्तै हरेक बर्षको साउनको अन्तिम हप्ता नेपाल र तिब्बतको सिमाना ह्रयाजिमारा भन्ने ठाँउमा दुई देशको बिच हाट ब्यापार मेला चल्ने गरेको छ । त्यो मेला १५ दिन सम्म चल्दछ । हाट ब्यापार सन्चालन हुने समयमा मात्र भन्सारका कर्मचारीहरु आउर्ने राजश्व उठाउर्ने अरु समयमा त्यहाँ नजार्ने गरेको स्थानीय व्यावसायीहरुले बताउने  गरेका छन् ।

उक्त नाका प्रयोग हुदै नेपालबाट चीन तर्फ बहुमुल्य जडिबुटी यार्सागुम्वा,बन लसुन,चिराईते,सेतके ,भुजपत्र,धुर्पी,अतीस,सिलाजित तथा बन्य जन्तुका छाला,हड्डी लगाएतका सामानहरु अवैधरुपमा ओसार पोसार भइरहेको स्थानीयहरुको भनाइ छ ।

m