Tuesday, 19, October, 2021 info@saipalnews.com

बजारीय भाउ पाएन,यी स्याउका चानाले

मुगु – कर्णाली प्रदेशमा चुनौती मात्र होइन् विकासका पनि कैयौ आधार छन् । ती आधारलाई पन्छाएर अगाडि बढ्ने हो,भने कर्णाली प्रदेशको विकासले काचुली फेर्न कसैले रोक्न सक्दैन् ।तर त्यसको लागि कर्णाली सरकार स्थानीय सरकारले त्यो विकासे काचुलीको लागि कम्मर कसेर अगाडि बढ्न सक्नु पर्छ ।त्यहाँका उत्पादन नेपालभरका बजारसम्म पु-याउने वातावरण बनाउने तर्फ ध्यान दिनु पर्छ ।

अहिले कर्णाली प्रदेशका जिल्लामा स्याउ लटरम फलेका छन् । तर बजारको अभावले गर्दा नत मुल्य पाएको छ । नत बजार नै १५ रुपैया केजी बिक्री गर्दा पनि स्याउ बिक्री भएको छैन् ।

बारीमा फलेका सेताम्मे र राताम्मे स्याउ कहाँ लगेर बच्ने भने चिन्ता कृषकहरुमा छ । तर प्रदेशको विकास स्याउबाटै हुन सक्ने सम्भावना हुदा पनि प्रदेश सरकारले त्यस तर्फ ध्यान नदिएको स्थानीय स्याउ कृषकहरुको गुनासो छ ।

भन्त प्रदेश सरकारले पर्यटन र यहाँको उत्पादनबाट प्रदेशलाई समृद्ध प्रदेश बनाउन भन्छ । अर्वै मुल्यको स्याउले बजार नपाएर खेर जान लाग्दा पनि त्यसको प्रर्वधनको लागि केहि व्यवस्था गर्न नसकेको स्थानीयको भनाइ छ ।