Saturday, 23, January, 2021 info@saipalnews.com

मिडिया माथी खनिय आपूर्तिमन्त्री यादव

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले छापा माध्याममा आएका समाचारको विषयलाई लिएर संचारजगत प्रति रोष प्रकट गर्नुभएको छ । शुक्रबार काठमाण्डौमा आयोजित साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडको ५७ औ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सम्पुर्ण प्रेस जगतप्रति आक्रोश पोख्नुभएको हो । उनले पत्रिकाका मालिकहरु व्यापारी पनि भएकाले आफु अनुकुलका समाचार लेखाउने गरेको आरोप मनत्री यादवले लगाएको हो । उनले कालोबजारी, तस्कर, भ्रष्ट र विगतमा देश लुटेको पैसा मिडियामा लगानी गरेकाहरु नै आफु र सरकार विरुद्ध उत्रिएको आरोप समेत लगाए।

पत्रिकाका मालिकहरु पनि व्यापारी छन् । खुद पत्रिका मात्रै चलाएर बसेका छैनन् । ठूला ठूला व्यापारी छन् । कतिपय मिडियाहरु त कालाबजारी र तस्करहरुको छ । भ्रष्ट, विगतमा देश लुटेको पैसा लगानी मिडियाले समाचार छापेर आफुसंग पैसाको बार्गेनिङ गरेको पनि मन्त्री यावदको भनाइ छ ।  राज्यको चौथो अंग भन्ने मिडिया सधै प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख गर्दैे बार्गेनिङ गर्न खोज्नेप्रति ‘मिडिया म्यानेज’ गर्न नजाने बताउनुभयो ।  नभएको कुरा पनि लेख्दिनुपर्छ भन्ने छ । अनि त्यसपछि ती मन्त्रीहरु म्यानेज गर्न आउँछन् । ती कर्मचारीहरु म्यानेज गर्न आउँछन् । जे जे लेखे पनि मात्तृका कहिलेही पनि म्यानेज गर्न जादैन । बरु लेखोस् ,लेखोस् ।