Thursday, 24, September, 2020 info@saipalnews.com

महासयलाई बदाम उपहार

काठमाडौँ । समाज रुपान्त्रणका नारासबै पुराना भइसके,,हिजोका पुस्ताले जे गरे,जुन तरिकाले जीन्दगीको चलाए । तर आजको एक्कासौं शताब्दीका परिवर्तनकारी त्यहि झरस गदैछन जुन दुर्भाग्य नै भन्नुपर्छ । यो नव परिवर्तनको युगमा । जनता परिवर्तका भोका छन, परिवर्तनको  रुप हर्नसारै आतुर छन् ।साथै परिवर्तनकोलागि खटिएका ती सिपाइले छाक टार्न पाएन, दुरुस्त हेर्न पाएन, नाङ्कगो शरील छोप्न पाएन, बोल्न पाएन,हिड्न पाएन,क ख चिन्न पाएनन्,१ २ गन्र्न पाएनन्,ए बी सी भन्न पाएनन् अरु केके पाएन कसलाई के चासो आफु नै सर्वपरी,मनपरी,तनपरी।

के नै भताभंग भएको छ र ?जो हेपिए,चेपाइए,धपाइए, दबाइए, जो गोरु झैँ जोताइए । निर्दोष छदाछदै शरीलका अंगअंगमा चिरा पारियो । तर ऊ निर्दोष केही मुख खोल्दैन् ।बरु उ मुखदर्शक भइमुर्ति झैँ उभिरहयो ।उ साहेत सत्य युगको पखाइमा थियो अनुमान गरौं ।यहाँ कसले कस्को सुनिदिने यहाँ आफ्नै त कति छन । तिमी त को ?यहि प्रश्न आउछ । वा.. परिवर्तनको विगुल फुक्ने परिवर्तनकारी, या धारी । अनि संम्झौता अहिले मेरो पालो, अर्काे चोटि तिम्रो पालो रे या उसको पालो । पालै पालो । कुरा तुई काम ताई जनता रामराम नेता हाई । यहि अहिलेको भजनकृर्ते हो । नेपाली समाजको  कथा व्यथा अनि वास्तविक यर्थाथ यहि हो ।

तपाइको समाजकोबारे जान्नू छ । यदि यस्तै भेटेमा टपक्क टिप्नेछु कानमा लाउनेछु,टोपि बनाउनेछु टोपिमै लेख्नेछु ने—फाल,वाँ फाल जाँ—जाँ फालफाल,नभए फेरि औंलालाई सँगै गिद्धिजिलाई अनुरोध गर्नछु । भाइचारालाई भाइमारा,सर्वपरि अधिकारले कालो चियामा सेलाएको पानी बराबर,बुझ सरासर ।घोषणा पत्र रे वाह ? किताब जत्रै पढ्नै त तीन दिन लाग्यो खुरुखुरु फिर्ता चाहियो हामीले पढेको ट्याम । विकासको खाका वाइवाई तयारी अझै लेखिसक्यो अरे अर्को चुनावलाई,हामीलाई शुभकामना छ ।

जनतालाई फसाएर समाज रुपान्त्रण रे ! होसियार, धरातल भुल्दै हुनुुहुन्छ भने महासय कृपया बदाम उपहार हाम्रा तर्फबाट । नभए पुरानै कोल्थो बोक्ने काम बेकार हो । अच्चमको जादु जित्ने वितिकै जागिर,ढाट्ने पनि सिमा हुन्छ नि त्यसैमा कागजै बनाको अरे सँगै नियुक्ति पत्र—जिन्दावाद । फ्रीमा जागिर किन पढ्ने चलन हँ,तडकिलो,भडकिलो आफैलाई अड्किलो होला विचार गरिस सेला। फसाउने हजार भिडैभिडको बजारमा सबैलाई मिठो मन नपर्न सक्छ,नजिकै तरकारी पसल त होला तितेकरेलि काफी त्यो भन्दा ।

शरीललाई रुपान्त्रण गर्न मिठो भन्दा तितो बेस हो कि ? सधैं हिडेकोबाटो भुलेमा आफै पछुतो,नभुलेरै गएपनि केको गर्भ तर थाहै नभएकोबाटो हिड्नु पो गज्जव त । सोही बमोजिम समाजले आफुलाई बदल्न खोज्दैछ बीचमा धुम्सि नबनौ बरु साना साना कमिलालाई पनि निम्ता गरौ बरु थाई पाथि दिने व्यवस्था गरौला ।

विकास निर्माण भनेको जताततै रोडैरोड,कमिसन, नाप्न आउदा बाइलर कुखुरा,अनुगमन गर्न आउदा लोकल कुखुरा काम सकिन लाग्दा सी,कामदारको काम गरेको पैसा लिन जादा प्रतिशत । बजेट बराबरको त कुरै छोडौं, भन्दा बडि प्यारो हुनलाई । कामदारको ज्याला तोकेअनुसार स्वर्गको फल आखा तरि मर,गरे गर । यो त एक टेलर मात्रै हो । समाजको वास्तविकतामा आखाँ लगाउदै हुनुहुन्छ भने विनासिति समय बबार्द किन,जल,जमिन,कलम,अदालत,प्रशासन सबैलाई किन्न पाइनेछ चिया पसलमा जहाँ अरु कसैलाई आउन दिइने छैन । कुनै कलमले समाज रुपान्त्रणको अभियान थालनि गरेको रहेछ भने शुभकामना छ,सोचेजस्तो भन्दा खोजेजस्तो नै होस भन्ने सबैमा हुन्छ तर अरुभन्दा फरक हुनेमा विश्वास छ ।

विश्वास र उद्यमले हिजोबाट आज बाँच्नलाई प्रेरित गर्यो,हामीसँग भएको आजलाई सदुपयोग,बहुउपयोग,सान्दर्भिक तरिकाले सुम्पिन सकेउ भने भोलि हामी अवश्य पाउँनेमा आशाबादि बाहेक अरु बन्न सकिन्न । अब यस दुनियामा बोलेर रुपान्त्रणको नारा बजाउने सोच कसैको बन्दै छ भने संशोधन गर्नुहोस पछुतो नहोस । समाज बोलेर परिवर्तन हुनेवाला छैन यसका लागि उद्यम नै अन्तिम विकल्प हो । समृद्धिको नाराले तब सास पाउनेछ जब उद्यमशिलताले सबैको कर्मठमा बाँस गर्नछ । बेला र बखतसँग पर्खिने समय छैन,हामी पनि सकिन्छ भने विना सिति समयलाई किन खेर फाल्ने होईन र ?

लेखक : भीमबहादुर साउद राष्ट्रिय युवा परिषद नेपालका सुन्दरपश्चिम सयोजक तथा केन्द्रीय सदस्य हुन ।