Saturday, 26, September, 2020 info@saipalnews.com

सपथ ग्रहण इश्वरको : मन्त्र पार्टीको

काठमाडौँ । निजामती सेवा प्रतिस्पर्धाबाट छानिएर आएका गैह्र राजनीतिक कर्मचारीहरूको सेवा संङठन वा पद हो । यो सरकारको अभिन्न गैह्र सैनिक चरित्रको स्थायी तथा अविछिन्न संस्था पनि भनिन्छ हो पनि ।योग्यतामा आधारित सेवा सरकारको मुख्य अङ्ग सेवाको सुरक्षा स्थायीत्व र वृत्तिविकास र अवसरहरूमा केन्द्रीत भएको नियम र कानुनमा आधारित काम गर्ने अनुशासन र आचरणमा संचालन हुने सरकारको सेवा हो ।मुलुकको सार्वजनिक प्रशासन सँचालन गर्ने स्थायी सँयन्त्रका रुपमा स्थापित राष्ट्रसेवकहरुको समष्टिगत सँरचनालाई निजामति सेवा भनिन्छ ।

निजामति सेवा राज्य संचालनको एक महोत्वपुर्ण आधारभुत तथा अभिन्न अँग हो । निजामती सेवा संस्थाको स्थापना २०१३ सालमा भएको हो । निजामती सेवालाई वढी सक्ष्म, सुदृढ, सेवामूलक  र उत्तरदायी  वनाउने उदेश्यलेनै यो सेवा स्थापना भएको हो । आफैमा मर्यादीत सेवा हो । यस सेवामा प्रवेश गर्ने जो कोही पनि अति विशिस्ट श्रेणीको कर्मचारी होस वा श्रेणी बीहिन कर्मचारी ।  सबैले निजामती सेवाको अधिनमा रहेर नै सेवा प्रवाह गर्ने हो । उसले स्थाई नियुक्त लिने बेलामा नै यस्तो शफत ग्रहण गरेको हुन्छ ।

म कानुनको  अधिनमा रहेर सेवा प्रवाह गर्नेछु !तर खै त कानुनको अधिनमा रहेर सेवा प्रवाह गरेको ? यहाँ त कानुनको अधिनमा होइन् ।पार्टीको वा राजनीतिदलका नेताको अधिनमा रहेर सेवा प्रवाह भएको आम जनतालाई थाहा छ ।कानुन भन्दा कुन मान्छेको वा कुन पार्टीको मान्छे हो । भने कुरा सरकारी सेवा लिदा होस् । वा कर्मचारी बढुवा सरुवा कुने बेला यो बहस मज्जाले चलि रहेको हुन्छ चलेकै छ । यस्तै एउटा नेपालीमा गाउँतिर चलेको उखान छ । नौ दिन नौलो बीस दिन बिर्सेयो हो ठ्याकै अहिले निजामती सेवामा यहि रोग मौलाएको छ । यसमा कुनै दुई मत छैन् ।

इश्वर को नाममा शफत खाने कानुनको अधिनमा रहि सेवा गर्ने बताउने तर सेवा कुनै राजनीति पार्टीको गर्ने ।इश्वरको नाममा शफत खाएको के यहि हो । टटस्थ रहनु पर्ने निजामती सेवामा,पुर्ण रुपमा राजनीतिक मौलाउदै गएको हो की ? यो प्रश्न उब्जेको छ ।कर्मचारीको सरुवा अथवा बढुवा नेपालको नियम अनुसार हुनु पर्ने हो होइन् । खै त त्यो भएको छ ।

हरेक कर्मचारीको अभिलेख हेरे पुग्छ ।केही कार्यलय स्रोतका अधिकारीहरुले भने अनुसार कुनै एक कर्मचारीको एउटा कार्यालयवाट अर्को कार्यालयमा रमना लिएर गएको समय अवधी नपुग्दै अर्को रमाना बनिसकेको हुन्छ,भने कुनै एक कर्मचारी एउटा मात्र कार्यलयमा रहेर पेन्सन पट्टा बनाउनलाई एक महिना अगाडि देखि निजामती कितावखाना धाएको देखिन्छ ।

केही राजनैतिक सकृयताका करण २०१३ साल देखि आजको दिन सम्म आइपुग्दा निजामती सेवा संलीदै जानू पर्नेमा दिनादिन धमिलो हुँदै बन्दै गइरहेको छ ।खै कहाँ लागू भएको छ निजामती सेवा ऐन ।के इमान्दारिता र कानुनी पाटो हराएको हो त ।अहिले हेर्ने हो भने राजनीतिक शक्तिको आडमा कर्मचारीले कर्मचारीलाई नै शासन गरि रहेका छन् ।नातावाद कृपावाद र त्यसमाथी राजनीतिकवाद हाबी तपाई हामीले प्रस्ट देखेका छौ भोगेका छौ । अहिले निजामती सेवामा राजनीति मौलाउदा सिङ्गै संगठनलाई नै प्रभाव पारेको छ ।

बौद्धिक ब्यक्ति भन्दा पनि आफ्नो व्यक्ति लाई प्रथामिकता दिने प्रचलनको हावि भएको छ ।कुनै एक निजामती कर्मचारीले स्थाई नियुक्त लिएको दिन देखि २० बर्षको सेबा अवधीमा भौगोलिक क्षेत्रका आधारमा १० देखि १३ पटक सम्म सरुवा भएको हुनुपर्छ, यो अवधि खोजि गरेर हिड्ने हो भने एक सय जना कर्मचारीमा एक जना भेटिन्छन् ।यसले सिधै के संकेत गर्छ भने सेवा अवधिको आधारमा कर्मचारीहरुलाई माताहतको विभागले सरुवा गर्दैन । निजामती सेवा ऐनमा के व्यवस्था छ । त्यो व्यवस्था पढने कसैलाई फुर्सद नै हुदैन् होला सायद ।

  • कर्मचारी ,समायोजन र पदस्थापना

कर्मचारी समायोजन र पद स्थापना डिजिटल प्रविधिमा आधारीत सफ्टोवएर (कयातधबचभ० ले गर्छ भन्ने कुरा प्रस्ट रुपमा हामीले विभिन्न संचार माध्यमवाट सुन्नदै आएका थियो । यो पनि २०१३ सालको निजामती सेवालाई शिरोपर गरेजस्तै भएको देखीन्छ ।आफ्नो छुट्टै झन्डा, चुनाव चिन्ह भएका फरक फरक सिद्धान्त बोकेका पार्टीहरुले कर्मचारीहरुलाई पनि आस्था अनुसार पार्टीले आ–आफ्नो झन्डा छाता ओडाई दिएका छन् । त्यस माथी पनि निजामती कर्मचारीहरुको टोली नेता छानी दिएका छन । यदि भएपछि अरु के नै चाहियो र त्यही टोली नेताको सिधै पार्टीका नेतासंग सम्पर्क हुन्छ ।यदि भए त अरु के नै चाहियो । किनभने राष्ट सेवक कर्मचारीहरुको साथ छ ।

राजनीतिक ब्यबस्थाले सुशासन विकास शान्ति स्थापना गर्नु पर्नेमा पार्टीका कार्यक्रता बढाउने काम मात्र भएको छ । अहिले भएर यसको प्रत्क्षय मार पदस्थापनामा सरसर देखिएको छ । पद स्थापना हुन्छरे हुन्छरे भन्दा भन्दै खै कहाँ भयो । कहिले हुन्छ । पद–स्थापना भन्दा करिब दुई दशक देखि एउटै कार्यलयमा सेबा प्रवाह गरिरहेको कर्मचारीबाट साविकै कर्यालयमा, १०० मा १०० गल्ती नभएको होला तर  १०० मा ९९ चै पक्कै भएको छ ।अनि अर्काे कुरा पार्टीको पनि प्रभाव पद–स्थापनामा हाम्रो मान्छे हामीले भनेकै कार्यलयमा पद–स्थापना हुनु पर्छ भने पनि होडबाजी नै हो ।

  • विषय प्रवेश

निजामती सेवा निष्पक्ष रूपमा छनोट, प्रशासनिक रूपमा सक्षम, राजनीतिक रूपमा तटस्थ र समुदायको सेवामा समर्पित सेवा हो।राजनीतिक प्रणालीको उपप्रणाली हुनुको नाताले दलगत राजनीतिको निहित स्वार्थको कारक बनेर होइन,नतिजाप्रति प्रतिबद्ध भएर उत्तरदायित्व पूरा गर्नु निजामती सेवाको दायित्व हो।सरकारको नीतिप्रति प्रतिबद्ध तथा राजनीतिक रूपमा तटस्थ र निष्पक्ष भएर कार्यसम्पादन गर्नु निजामतीको मूल धर्म हो।

  • तटस्थता

निजामती सेवा सरकारको नीति निर्णयलाई आमजनताले अनुभूति गर्ने तवरबाट कार्यान्वयन गर्ने भरपर्दो माध्यम हो। बहुदलीय व्यवस्थामा कुनै बहुमत प्राप्त दलको तर्फबाट सरकारको निर्माण हुने भए पनि सरकार सबैको साँझा हुन्छ, कुनै राजनीतिकदलको हित हुने गरी कार्य गर्न मिल्दैन। यसकारणले सरकारले लिएको नीतिलाई कार्यान्वयन गर्ने निजामती सेवा निष्पक्ष र तटस्थ हुनु पर्छ । कसैको पक्ष नलिनु, कसैको मान्छे नबन्नु,कसैको पक्षमा लागेको नदेखिनु नदेखाउनु तटस्थता हो।निजामती सेवाको तटस्थतालाई निम्नानुसार लिन सकिन्छ।

  • निजामती कर्मचारी कुनै दलको क्रियाकलापमा संलग्न नहुनु 
  • कसैको पक्षमा वकालन नगर्नु
  • सरकार र आफ्नो कामप्रति  सधै बफादार रहनु
  • निर्णयको भूमिकामा निर्वयक्तिता कायम राख्नु
  • व्यावसायिक मूल्य र आचरण पालना गर्नु
  • नियम कानुन पालनामा कठोरता अपनाउनु।

निजामती कर्मचारीलाई योग्यता प्रणालीबाट स्थापित निजामती सेवा राजनीतिक त्रास र आसबाट टाढाई राख्नु पर्छ । निजामती कर्मचारीले आफुले उक्त सेवामा प्रवेश हुदा इश्वरलाई साचि राखेर खाएको कसम भुल्नु हैन् । निजामती प्रशासन राजनीतिक रूपमा तटस्थ र कामप्रति प्रतिबद्ध हुनु नै पर्छ ।

  • वृत्ति विकास

निजामती सेवामा व्यक्तिले अपनाएको पेसाको ज्ञान, सीप, विशेषता, सेवा सुविधा तथा जिम्मेवारीमा हुने उन्नति वृत्ति विकास हो। अर्थपूर्ण जीवनयापनका लागि कुनै व्यवसायभित्र रहेको वातावरण वा अवसर वृत्ति विकास भनिन्छ । आफैँले बनाएको पेशाको उन्नयन नै वृत्ति विकास हो। पेसा व्यवसायलाई बढी मूल्यवान प्रतिष्ठित, ऊर्जावान् बनाउने अवस्था वृत्ति विकास हो। वृत्ति विकास संगठन र कर्मचारी दुवैको लागि अति आवश्क हुन्छ ।

यस वृत्ति विकासको माध्यमबाट कर्मचारीको व्यक्तिगत अपेक्षा, उद्देश्य र संगठनात्मक लक्ष्यबीच उचित तालमेल हुनगई कर्मचारी र संगठन दुवैको उद्देश्य पूर्ति हुन सहज हुन्छ। संगठनको उत्पादकत्वमा वृद्धि ल्याउन, कर्मचारी पलायनलाई निरुत्साहित गर्न, कर्मचारीलाई आफ्नो काम कर्तव्यमा पोख्त गराउन र सामूहिक योगदानबाट संगठनको ख्याति बढाउन वृत्ति विकास जरुरी हुन्छ। साथै कर्मचारीमा निहित प्रतिभा, खुबीको प्रस्फुटन गराई त्यसको उपयोग र विकास गर्ने अवसर दिलाउन वृत्ति विकास आवश्यक पर्छ।

  • वृत्ति विकासमा समस्या

निजामती सेवा ऐन नियमावली तथा अन्य प्रचलित नीति र कानुनमा वृत्ति विकासमा विभिन्न व्यवस्था गरेको छ । खासगरी गुणमा आधारित भर्ना छनोट प्रणाली र पेसाको विविधीकरण एवं विशिष्टीकरणको अधिकतम उपयोगबाट निजामती कर्मचारीले आफ्नो वृत्ति विकास गरी संगठनको उद्देश्य हासिल गर्न योगदान दिन सक्ने अवसर छन् । तर बिडम्वना कानुनी र नीतिगत व्यवस्थाको कार्यान्वयन उपयुक्त तवरले हुन नसक्दा कर्मचारी र संगठन दुवै दृष्टिकोणबाट सफलता हुन सकेको छैन् ।कर्मचारी, संगठन र सेवाग्राही कोही पनि सन्तुष्ट छैन् ।

यस्तै वृत्ति विकासमा  रहेका मुख्य समस्या जस्तै कर्मचारीको वृत्ति विकास र संगठनको लक्ष्य हासिल एकअर्कामा अन्तरसम्बन्धित विषय हो भन्ने तथ्यलाई महत्वनदिइनु, निजामती सेवाको व्यवसायीकरण भन्दा पनि नोकर वा सेवकका रूपमा हेरिने परम्परागत मान्यता रहनु,दैनिक प्रशासनिक विधि र प्रक्रियाहरूमा समेत बाह्य हस्तक्षेप रहनु,छनोट प्रणाली गुणमा आधारित भनिए पनि पेसा अुनसारको ल्याकत परीक्षण गर्न नसकिनु,अनुमानयोग्य वृत्ति प्रणाली स्थापित हुन नसक्नु,सेवा तथा सर्तका क्षेत्रमा बारम्बार परिवर्तन हुनु,जनशक्ति विकासमा कम चासो रहनु,सेवा समूहपिच्छे फरक–फरक अवसर रहनु,कार्य सम्पादन मूल्यांकनलाई वस्तुनिष्ठ बनाउन नसकिनु,अध्ययन,तालिम, अवलोकन आदिको अवसरमा असमानता हुनु,चुनौतीपूर्ण जिम्मेवारी वहन गर्ने आधार नहुनु,ऐन–कानुनहरू विना आधार परिवर्तन भइरहनु,तलब सुविधा जीवन धान्न पर्याप्त नहुनु,व्यक्तिगत सामीप्यताको प्रभाव बढी देखिनु लगायका विषयहरु रहेका छन् ।

वृत्ति विकासको मुख्य अभिप्रायः कार्यसम्पादनमा सुधार गर्नु नै हो। माथि उल्लिखित समस्या समाधान गरी निजामती सेवामा कार्यसम्पादन संस्कृतिको प्रवद्र्धन गर्नु आवश्यक देखिन्छ । नीतिगत, कानुनी र कार्यविधिगत क्षेत्रमा सुधार गरी कर्मचारी प्रशासनको प्रभावकारिता समग्रतामा वृद्धि गर्न देहायका उपाय अवलम्बन गर्न आवश्यक देखिन्छ ।

  • लेखक विवेक भूषण दाहाल सरकारी कर्मचारी हुन ।