Saturday, 19, September, 2020 info@saipalnews.com

पर्यटक खोज्दै रारा

कर्णाली प्रदेशको राता ताल कर्णालीको मुख्य आकर्षण मात्र होइन् ।त्यहाँको मुख्य समृद्धी आधार पनि हो ।हुन् त कर्णाली प्रदेशमा सयौँ पर्यटकीय क्षेत्र छन् ।मनैलोभ्याउने हिमाल देखि घुम्दा घुम्दै मज्जाले थकान मेटाउने छांगा ।तर तीनमा कसैको आँखा पुग्न नसकेको हो ।अथवा प्रचारमा आउन नसकेको हो ।जति मनमोह स्थान भएपनि चर्चा परिचर्चा चाहि रारा तालको मात्र भइरहेको सुनिन्छ ।तर रारा टाढाँ र विकट भएकाले त्यहाँ पुग्न केहि सकस चाहि पक्कै छ ।

यात्रा सकसपुर्ण भए पनि रारा ताल अवलोकन गर्नेको ताति उस्तै छ ।राराको लागि निस्केको यात्रुले जति बाटोमा कस्टकर यात्रा गरेपनि त्यो कस्ट राराको दर्शन पाउने बितिकै भुसुक भुल्ने गर्दछन् ।अनि छुट्टै रारामय मन बनाए,रारा सँगै रमाउन थालि हाल्छन् ।

तर विडम्बना ४ महिना देखि रारा जाने सडक बन्द छ ।जेष्ठ १५ गते छायानाथको टोप्लामा पहिरो जादा बाटो अवरुद्ध बन्यो ।अहिले पनि अवरुद्ध छ। त्यसमा न प्रदेश सरकारले ध्यान दिएको नत स्थानीय सरकारले नै।२०२० पर्यटक वर्ष आउन अव केहि महिना मात्र बाँकी छ ।तर रारा ताल सवारी मार्फत जानेबाटो बन्द छ ।सरकार भने त्यो कुरामा मौन छ ।पर्यटनको लागि रारा मैदानमा घुमाउने घोडा बेकाम छन् ।पर्यटकका लागि लगिएका ढुंगा थन्किएका छन् ।ढंगावाला ढुंगे र घाडा संचालक बेरोजगार छैन्।

फोटो फिचर