Saturday, 24, October, 2020 info@saipalnews.com

सभामुख कृष्णबहादुर दिए राजीनामा

काठमाडौँ । यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले मंगलबार नै राजीनामा दिएका छन्।महराले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन्।आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानलाई सहज र सहयोग गर्ने भन्दै राभामुख महराले नैतिकताका आधारमा राजीनामा दिएको महराले जनाएका छन् ।तर राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि भन्ने शब्द प्रयोग गरेका छन्।सभामुख महराले पदबाट मात्र राजीनामा दिएको उनका प्रेस सल्लाहकारले जानकारी दिएका छन्।

No photo description available.