Saturday, 16, October, 2021 info@saipalnews.com

आरालो लाग्दै सुनचाँदी मुल्य

काठमाडौँ । नेपालीहरुको महान चाड दसैँ नजिकिए सँगै छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य ६९ हजार २ सयमा खरिदबिक्री भइरहेको हो । भने तेजाबी सुनको मूल्य ६८ हजार ९ सयमा खरिदबिक्री भइरहेको सुनचाँदी महासङ्घले जानकारी दिएको छ ।

सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला ७० हजार र तेजावी सुन ६९ हजार ७ सयमा खरिद बिक्री भएको हो। त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । स्थानीय बजारमा मंगलबार चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा खरिदबिक्री भएको छ ।  पछिल्ला कहिले महिना देखि सुनचाँदीको मृल्य आकाशीयको थियो । तर पछिल्लो एक हप्ता देखि मृल्य ओरालो लागेको छ ।