Saturday, 26, September, 2020 info@saipalnews.com

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु ४० घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छन् भने ४० जना भन्दा बढी घाइते भएका छन् । न्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनको सनाखत हुन नसकेको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ । दशैं मनाएर काठमाडौं फर्कंदै गरेका ४० भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उद्धार गरेर विभिन्न अस्पतालमा उपचारको लागि पठाएइको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको छ । दुर्घटनाको हुनेको कारण बसमा यात्रुको चापबढि भएको र बसको ब्रिकफेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।