Friday, 27, November, 2020 info@saipalnews.com

जन्मोत्सवमा असहायलाइ खाद्यान्न र न्यानो लुगा

धनगढी / धनगढी स्थीत होटल हेमन्तका संचालक तथा समाजसेवी  ज्ञानेन्द्र बहादुर ख्वासले आफ्नो जन्मदिनको अवसर पारेर धनगढी दृष्टी फाउन्डेसनको हेरचाहमा रहेका असहायहरुलाई खाद्यान्न र न्यानो लुगा ज्याकेट सहयोग गरेका छन् ।  अनाथ असाहायहरुलाई खाद्यन्न अभाब र जाडो मौसमले समस्या नहोस भन्दै ३९ औं जन्मोत्सबको अवसरमा असाहयलाई सहयोग गरेका हुन् ।

उनले ३० जना असाहाय हरुलाई ३० जोड तातो ज्याकेट, ५ कट्टा चामल, १५ केजि दाल ,५ लिटर तेल गरि करिब ६० हजार बराबरको सामान सहयोग गरेका हुन । बुधबार एक कार्यक्रमका विच फाउण्डेशनका संचालक कल्पना भट्टको रोहबरमा सामाग्री हस्तान्तरण भएको थियो ।