Sunday, 25, October, 2020 info@saipalnews.com

सभामुखको टुंगो आजै : प्रचण्ड

चितवन/  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको सभामुख चयन आजै हुने बताएका छन्।

नेपाल कृषि सहकारीको साधारणसभाको उद्घान गर्न चितवन पुगका अध्यक्ष दाहालले सभामुख चयनको बिषय आजै सम्भवत टुङ्गो लाग्ने बनाएका हुन्।

‘सभामुखबारेमा धेरै पटक छलफल भएको भन्दै अध्यक्ष प्रचण्डले सभामुखका बिषयमा टुंगो नलागेको बताए । ‘तर, त्यस बिषयमा आजको सचिवालय बैठकमा त्यस बिषयमा छलफल हुने र आजै सभामुखको बिषय टुंगो लाग्नसक्ने प्रचण्डको जिकिर थियो ।