पुस १७ काठमाडौं । राष्ट्रियसभा सदस्यको उमेदवार टुंगो लगाउन बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बिनानिष्कर्ष सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका एकजना अध्यक्ष केपी शर्मा ओलीले नेकपाका तर्फबाट उमेदवार हुने १६ जनाको नाम एकलौटी ल्याएको भन्दै अन्य सदस्यले विरोध जनाएका थिए ।