Monday, 21, September, 2020 info@saipalnews.com

नेकपाको बैठक बालुवाटारमा शुरु,सभामुख देखि एमसीसीको विषयमा छलफल हुने

पुस १८ काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक अहिले ८ः३० बाट प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइए शुरु भएको छ । बैठकमा सभामुख चयन, देखि राष्ट्रियसभाको निर्वाचन लगायतका विषयमा छलफल हुने नेकपा एक जनाले बताएका छन् ।  बैठकले प्रदेश १ र ५ को नाम र राजधानीबारे पनि छलफल गर्ने नेताहरुले बताएका छन् । हिजोको बैठकमा प्रधानमन्त्री ओलीले नेकपाका तर्फबाट उमेदवार हुने १६ जनाको नाम एकलौटी ल्याएको भन्दै अन्य सदस्यले विरोध जनाएका थिए । गत आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा रहने निर्णय गरेर प्रदेशसभालाई त्यसै अनुसार गर्न निर्देशन गरेको थियो ।

सभामुखबारे अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच सहमति नजुट्दा संसद बैठक दुई पटक सूचना टाँसेर स्थगित गरिएको छ । नेकपामा नयाँ सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन । यस्तै बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका विषयमा पनि छलफल हुने बताइएको छ ।