Thursday, 22, October, 2020 info@saipalnews.com

नेकपाले लगायो राष्ट्रियसभाका उम्मेदारको टुंगो,कोको बने उम्मेदार

पुस १८ काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले पार्टी राष्ट्रियसभामा उठ्ने उम्मेदारीको टुंगो लगाएको हो । साथै राष्ट्रिय सभाको निर्वाचनमा नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि नेकपाले उम्मेदवार बनाएको छ । यो हेर्नुस् । ७ वटै प्रदेशबाट राष्ट्रिय सभाको सदस्यामा कोको उम्मेदार बन्दै छन् ।  १ नम्बर प्रदेशबाट महिला कोटामा इन्दु गौतम, दलित कोटामा गोपी अछामी र अन्यकोटामा देवेन्द्र दाहाल उम्मेदवार भएका छन् ।

२ नम्बर २ बाट महिलाकोटामा तुलसा दाहाल र दलितकोटामा राधेश्याम पासवान तथा प्रदेश ३ मा महिलाकोटमामा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाल उम्मेदार बन्ने भएका छन् ।  गण्डकी प्रदेशमा अन्यकोटाबाट नारायणकाजी श्रेष्ठ र महिलाकोटाबाट भगवती न्यौपाने उम्मेदवार छन् ।

५ नम्बर प्रदेशमा महिलाकोटाबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यककोटाबाट जगप्रसाद शर्मा, अन्यकोटाबाट गोपाल भट्टराई, राष्ट्रियसभाका उम्मेदार बनेका छन् ।  कर्णाली प्रदेशमा अन्यकोटाबाट मायाप्रसाद शर्मा, महिलाकोटाबाट सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशमा अन्यकोटाबाट तारामान स्वांर र महिलाकोटाबाट शारदा भट्टलाई उम्मेदवार बनाउने नेकपाले निर्णय भएको छ ।