Saturday, 16, October, 2021 info@saipalnews.com

एक चोटी हैन मार्यौ हजार चोटि

एक चोटी हैन मार्यौ हजार चोटि ।

घाइते बनाएर छाड्यौ हजार चोटि ।।

 हात पनि काट्यौ खुट्टा पनि काट्यौ ।

मुटु पनि मेरो काट्यौ हजार चोटि।।

जता आगो बल्यो त्यता त्यतातिर ।

गयौ आगो पनि ताप्यौ हजार चोटि ।।

कति दुख्यो होला मेरो कोमल मन  ।

मैले आँसु झारें हाँस्यौ हजार चोटि ।।

कसरी पो माफी दिने होला प्रिया ।

 मर्यादाको सीमा नाग्यौ हजार चोटि  ।।