Saturday, 26, September, 2020 info@saipalnews.com

३ वर्षमा १० लाख घरधरीमा उज्यालो बाल्ने :मुख्यमन्त्री राई

पुस १८ विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी तीन वर्षभित्र प्रदेशका दश लाख घरधुरीमा उज्यालो पु¥याउने बताउनुभएको छ ।

आधिकारिक ट्रेड युनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनद्वारा आज यहाँ आयोजित ‘सहज सेवा, स्वच्छ नेविप्रा’ राष्ट्रिय अभियान–२०७६  को १ नं प्रदेश श्रृङ्खला अभियान आज शुरुआत गर्दै  उहाँले तीन वर्षभित्र विद्युत् भार कटौती गर्ने जानकारी दिनुभयो ।

उहाँले प्रदेश उर्जाको क्षेत्रमा सम्पन्न रहेको बताउँदै आगामी पाँच वर्षभित्र एक हजार ५०० मेघावाट विद्युत् उत्पादन गरी औद्योगिक क्षेत्रको विकासबाट जनतालाई रोजगारी उपलब्ध जनतालाई समृद्ध बनाउने धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राईले विकास र समृद्धिको बाधकको रुपमा रहेको भ्रष्टाचार र ढिलासुस्ती अन्त्यका लागि शून्य सहनशिलता अपनाएको जानकारी दिँदै यस किसिमको गलत क्रियाकलापको जानकारी आफूले सार्वजनिक गरेको मोबाइल तथा विद्युतीय सञ्चारमा जानकारी प्राप्त भएको एक घण्टाभित्र कारवाही गरिएको जानकारी दिनुभयो ।

उहाँले सरकारले सूचना प्रविधिको अधिकतम प्रयोग गरी ‘डिजिटल प्रदेश’ मा  रुपान्तरण गर्न ‘सिएम ड्यास बोर्ड’ चाँडै सञ्चालनवाट मुख्यमन्त्री कार्यालय, प्रदेश कार्यालय, सम्पूर्ण पालिकाका सूचना, छलफललगायत सबै जानकारी उपलब्ध हुने बताउनुभयो ।

मुख्यमन्त्री राईले गुणस्तरीय सडक, खानेपानी, सिँचाइ र विद्युत् योजना निर्माणबाट जनतालाई विकासको अनुभूति दिनुपर्नेमा जोड दिँदै स्वच्छ गुणस्तरीय र सेवा प्रदान गर्ने युनियनको अभियानले सरकारलाई मार्गदर्शन मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल विद्युत प्राधिकरण प्रदेश निर्देशक श्रीरामराज पाण्डेले प्रदेशको छ जिल्लामा पूर्णरुपमा विद्युत् पुगेको जानकारी दिँदै सोलार ग्रीडका लागि रु एक अर्ब रकम छुट्याएको बताउनुभयो । ट्रेड युनियनका केन्द्रीय संयोजक रामेश्वर पौडेलले विदेशी लगानीमा निर्माण भएको विद्युत् परियोजनाको आम्दानी नेपाली मुद्रा लग्नुपर्नेमा जोड दिँदै ग्यास विस्थापित गरी विद्युत्को अधिकतम उपयोगमा अभियान शुरु गरिएको विचार व्यक्त गर्नुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले राष्ट्रिय गौरवको आयोजना गोल्वल ठेक्कमा मिलोमतो अन्त्य भएमा गुणस्तरीय निर्माण हुने छ भन्नुभयो । अभियानमा १४ जिल्लाका कार्यालय र २४ वितरणका कार्यालय प्रमुख, कर्मचारीको सहभागिता थियो ।

  • रासस