Thursday, 24, September, 2020 info@saipalnews.com

विवादास्पद अमेरिकी एमसीसी अब नेपाली राष्ट्रिय गौरवको आयोजना

काठमाडौ/ संसद्मा विचाराधीन रहेको विवादास्पद अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनासहित तीनओटा आयोजनालाई गौरवका आयोजनाका रुपमा समावेश गर्ने तयारीमा राष्ट्रिय योजना आयोग लागेको छ। गौरवका आयोजनाको सूचीमा थपिन लागिएका अन्य दुई आयोजना सुनकोशी मरिन सिंचाइ आयोजना तथा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम हुन्।

आयोग स्रोतका अनुसार यी आयोजनालाई सूचीमा राख्न प्रोजेक्ट बैंकमा प्रविष्ट गराउने प्रकृया अघि बढाइएको छ। ‘एमसीसी ठूलो परियोजना भएकाले ठूला आयोजनाको सूचीमा राख्ने तयारी छ, संसद्‍बाट पास भएलगत्तै सो आयोजना राष्ट्रिय गौरवको आयोजनामा राखिनेछ’ योजना आयोग स्रोतले बतायो। यी तीन आयोजना सूचीकृति भएमा गौरवका आयोजनाको संख्या हालको २१ बाट बढेर २४ पुग्नेछ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०६९ सालमा मध्इपहाडी र हुलाकी राजमार्ग, सिक्टा, रानीजमरा र बबई सिंचाइ, गौतमबुद्ध र पोखरा विमानस्थल तथा मेलम्ची खानेपाीलाई राष्ट्रिय गौरवका आयोजनाको सूचीमा राखेका थिए।

बजेट अभाव हुन नदिने र समयमै काम गर्ने हिसाबले तत्कालीन समयबाट गौरवका आयोजनाको अवधारणा ल्याइए पनि भट्टराईपछिका चुनावी सरकारले बिना अध्ययन हचुवाको भरमा राष्ट्रिय गौरवको सूचीमा थप १३ आयोजना थपेको थियो, यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ।