Monday, 21, September, 2020 info@saipalnews.com

नेकपाको सचिवालय अपूर्ण छ, रावल र शाक्यलाई थपौं : नेपाल

२० पुस, धनगढी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सचिवालय अपूर्ण भएको टिप्पणी गरेका छन् । तत्कालीन एमालेका उपाध्यक्षहरुलाई पनि सचिवालयमा ल्याउनुपर्ने उनको भनाइ छ ।

आइतबार धनगढीमा पुष्पलाल मिलन केन्द्रले आयोजना गरेको कार्यक्रममा नेता नेपालले भने, ‘पार्टीको सचिवालय जसरी मिलाउनु पर्ने हो, अलिकति मिलेको छैन ।’ उनले अघि भने, उपाध्यक्ष त माथिको पद हो पूर्वएमालेका उपाध्यक्षहरु पनि सचिवालयमा ल्याउनुपर्छ ।’

तत्कालीन एमालेका उपाध्यक्षद्वय भीम रावल र अष्टलक्ष्मी शाक्य नेकपाको सचिवालयमा छैनन् ।

उनीहरुलाई सचिवालयमा ल्याउँदा सुदूरपश्चिम प्रदेश र महिलाको पनि प्रतिनिधित्व हुने भन्दै नेता नेपालले भने ‘संख्या नौ को ठाउँमा पन्ध्र हुन्छ, के फरक पर्छ ?’