Thursday, 24, September, 2020 info@saipalnews.com

आफु निकट नेतालाई ,विभेद नगर्न नेता नेपालको चेतावनी

पुस २० कैलाली । नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट नेतालाई पार्टीले विभेद गरेको दाबी गरेका छन् । आज कैलालीमा पुष्पलाल मित्रता केन्द्रले गरेको अन्तरक्रिया कार्यक्रमा बोल्दै नेता नेपालले आफू निकट नेतालाई विभेद नगर्न चेतावनी समेत दिएका छन् । कार्यक्रममा बोल्दै नेता नेपालले भन्नु भयो,नेताहरुले आलोचना सुन्नु पर्ने र गल्ति भए सच्याएर अघि बढ्नु पर्ने र नेता भएपछि सबैको गुनासो सुन्नुपर्ने बताउनु दाबी गरेका छन् ।

पार्टीमा माधव नेपालको नाम जोडिने बित्तीकै मान्छेले पीडा भोग्नु पर्ने अवस्था अन्त्य नभए भोलि त्यही अवस्था अरुले भोग्नुपर्ने नेता नेपालले चेतावनी दिनु भएको छ । यस्तै पार्टीमा कुनै पक्षले सानो गल्ती गर्दा ठूलो सजाँय भोग्नु पर्ने स्थिति बनेको उल्लेख गर्दै नेपालले यो प्रवृति अन्त्य हुनुपर्ने समेत बताएका छन्, भने अब नेकपाको सचिवालय बढाउनु पर्ने पनि बताएका छन् ।

नेकपा माथीको तहका नेता पार्टी एकता पछि तल परेको भन्दै माथील्लो तहका नेतालाई सचिवालयमा ल्याउनु पर्ने बताएका हुन् । यस्तै पूर्वएमालेका उपाध्यक्ष र उपमहासचिवलाई सचिवालयमा ल्याउनुपर्ने उनको भनाइ थियो । यसो गर्दा सचिवालयमा महिला र सुदूरपश्चिमको पनि प्रतिनिधित्व हुने भएकाले आफूले यसबारे पार्टीमा कुरा उठाउँदै आएको पनि नेता नेपालको भनाइ थियो ।