Saturday, 26, September, 2020 info@saipalnews.com

राष्ट्रियसभा सदस्यको लागि सुदूरपश्चिमबाट ४ जनाको उम्मेदवारी दर्ता

पुस २० डोटी । माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा चारजनाको उम्मेदवारी दिर्ता गराएका छन् । डोटी जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार ४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
सुदूरपश्चिममा नेकपाले राष्ट्रिय सभाको लागि दुई जना उम्मेदारी उठाएको छ । जस्मा खुल्ला तर्फकोकोटामा तारामान स्वार र महिला काटोमा शारदा भट्टलाई उम्मेदार बनाएको छ ।

यस्तै नेपाली कांग्रेसले पनि आफनो उम्मेदारी दर्ता गराएको छ । महिला तर्फको कोटामा तुलसी देवकोटा र खुल्लामा प्रताप ठगुन्नालाई उम्मेदार बनाएको मुख्य निवार्चन अधिकृतको कार्यालय डोटीले जानकारी दिएको छ । माघ ९ गते हुने निर्वाचको लागि आज दुबै पार्टीले दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दिएका हुन् । उम्मेदवारीपछि उम्मेदवारहरुले पत्रकारहरुसंग प्रतिक्रिया दिदै मतदातालाई आफुलाई मतदान गर्न आह्वान गरे ।

सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तहका १ सय ७६ गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र नगरपालिकाका मेयर÷उपमेयरको १८ का दरले गरी तीन हजार एक सय ६८ र प्रदेश सभाका ५३ जना सांसदको ४८ का दरले गरी दुई हजार पाँच सय ४४ गरी कुल पाँच हजार ७ सय १२ मतभार रहेको छ ।

२०७४ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट खुल्लातर्फ निर्वाचित सांसद नेपाली कांग्रेसका बद्री पाण्डे र महिलातर्फबाट निर्वाचित भएकी नेकपाकी सांसद कमला ओलीको पदावधि दुईवर्ष कायम भएको थियो । उनीहरुको रिक्त हुन लागेको ठाउँमा निर्वाचन हुन लागेको हो ।