Monday, 28, September, 2020 info@saipalnews.com

गण्डकीलाई खेलकूदको राजधानी बनाउँछौँ : मुख्यमन्त्री गुरुङ

पुस २० कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश पर्यटनको राजधानी भए जस्तै खेलकूदको पनि राजधानी बनाउने मुख्यमन्त्री गुरुङले बताउनुभएको छ । त्रिवेणी युवा क्लब को आयोजनामा आज बेँसीशहरमा भएको २८औँ त्रिवेणाी कपको फाइनल खेलको समापन कार्यक्रममा मुख्यमन्त्री गुरुङले दक्षिण एसियाली खेलकूद९साग० जस्तो अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरेर गण्डकी प्रदेशले क्षमता प्रमाणित गरेको दावी गर्नुभयो ।

पोखरामा छिट्टै मुख्यमन्त्री लिग प्रतियोगिताको समेत सञ्चालन गर्ने तयारी भइरहेका मुख्यमन्त्री गुरुङको भनाइ छ । यस प्रदेशलाई खेलकूदको राजधानी बनाउनका लागि प्रदेश सरकार लागि परिरहेको मुख्यमन्त्री गुरुङले बताउनुभयो । विभिन्न खेलकूदको लागि प्रदेश सरकारले लगानी गरिरहेको र आगामी दिनमा पनि सक्दो सहयोग गर्ने उहाँको भनाइ छ ।

त्यस्तै लमजुङ खेलकूदको उर्बभूमि भएपछि खेलमैदान गुणस्तरीय नभएकाले प्रदेश सरकारले अहिले बेसीशहरमा रहेको त्रिवेणी खेलमैदानलाई आवश्यक पर्ने जग्गा खरिदको लागि प्रदेश सरकारले मुआब्जा दिनेसमेत उहाँले बताउनुभयो । यस जिल्लाबाट महिला खेलाडी सावित्रा भण्डारीजस्ता राम्राराम्रा खेलाडी राष्ट्रियस्तरमा पुगेकाले आगामी दिनमा समेत यस्ता खेलाडी उत्पादन गर्नका लागि सबै लाग्नुपर्ने उहाँको भनाइ छ ।

आज भएको २८औँ त्रिवेणी कप खुल्ला पुरुष फुटबल प्रतियोगितामा आयोजक त्रिवेणी युवा क्लब बेँसीशहर विजयी भएको छ । फाइनल खेलमा भगवती टोखा काठमाडौँलाई सून्यका विरुद्ध १ गोल गर्दै आयोजक त्रिवेणाी युवा क्लब हरियो विजयी भयो ।

समाज कल्याण काठमाडौँ र सामाना युवा क्लब तुरतुरेले सेमिफाइनाल उपविजेतामा भएका छन् । त्यस्तै यस त्रिवेणी कपमा त्रिवेणी युवा क्लबका पासाङ लामा उत्कृष्ट खेलाडी र बिवाइसी भोटेओडारका सन्दीप राना सर्वाधिक गोलकर्ता घोषित हुनुभयो । यस प्रतियोगिताका विजयी समूहले नगद तीन लाख, त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र प्रदान प्राप्त गरेको छ भने दोस्रो हुने समूहले रजत पदकसहित नगद एक लाख ५० हजार प्राप्त गरेको छ ।

त्यस्तै सेमिफाइनल उपविजेता सामना र समाज कल्याणले नगद ५०÷५० हजार प्राप्त गरेका छन् । सर्वाधिक गोलकर्ता राना र सर्वोकृष्ट खेलाडी लामाले नगद १५÷१५ हजार, स्वर्णपदक र प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी खेलाडीलाई प्रदेशका मुख्यमन्त्री गुरुङलगायतले पुरस्कार वितरण गर्नुभयो । गत १२ गतेबाट शुरु भएको यस प्रतियोगितामा विभिन्न जिल्लाका गरी २० टिमको सहभागिता रहेको थियो ।
रासस