Saturday, 26, September, 2020 info@saipalnews.com

केपी ओलीको राष्ट्रवाद फुटनोटमा अल्झिएको छ : डा संग्रौला

पुस २१ बिराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा। डिला संग्रौलाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद फुटनोटमा अल्झिएको बताएकीछिन् । 

 

नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा राष्ट्रिय सभाका उमेदवारसँग राखेको अन्तरसंवाद कार्यक्रममा नेतृ संग्रौलाले चुनावअघि राष्ट्रवादको रट लगाएको सरकारले कालापानी र लिपियाधुराको विवाद उठ्दा भारतले झै ओली सरकारले पनि फुटनोट लेखेरझारा टारेको आरोप लगाइन । उनले भनिन्, ‘त्यसैले स्पष्ट हुन्छ, केपी ओलीको राष्ट्रवाद फुटनोटमा अल्झिएको छ ।’