Saturday, 28, November, 2020 info@saipalnews.com

सुलेमानीको अन्तिम संस्कारमा भागदौड,हुँदा ३५ जनाको मृत्यु

पुस २२ काठमाडौँ ।  अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएको छ।

सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका छन्।आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू हताहत भएको पुष्टि गरेका छन्। इरानबाट प्राप्त विवरणअनुसार दर्जनौँ मानिसहरू घाइते भएका छन्।

शोकाकुल मानिसहरूले सुलेमानीको तस्बिर र रातो झण्डा बोकेका थिए। शिया परम्पराअनुसार रातो झण्डाले प्रतिशोधको सङ्केत गर्छ।केही दिनदेखि इरानका विभिन्न स्थान हुँदै उनको गृहनगरसम्म सुलेमानीको शवयात्रा गरिएको थियो।

  • बीबीसी