Saturday, 26, September, 2020 info@saipalnews.com

जेष्ठ नागरिकलाई चिसोमा न्यानो कपडा वितरण

पुस २२ डोटी । दिपायल सिलगढी नगरपालिका वडा नम्वर ६ को वडा कार्यालयले बडामा बसोबास गर्ने बृद्धहरुलाइ जाडोको समयमा न्यानो कपडा वितरण गरेको छ । आज सुदुरपश्चिमको प्रशिद्ध शैलेश्वरी मन्दिरको प्रांगणमा एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा वितरण गरिएको हो ।

वडा नम्बर  ६ का वडा अध्यक्ष सन्तोष बोहराको अध्यक्षता र नगर प्रमुख मन्जु मलासीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा १ सय भन्दा बढी जेष्ठनागरिकलाई कम्मल वितरण गरिएको वडा सदस्य दिपा श्रेष्ठले बताउनु भएको छन् ।

जेष्ट नागरिक सम्मानका लागि वडाले ७५ हजार रुपैयाँ विनियोजित गरेको र सिलगढीमा चिसो अत्यधिक बढेका कारण समाजका अविभावकहरुलाई सम्मानका साथै न्यानो पार्न कपडा वितरण गरिएको वडा ६ का अध्यक्ष सन्तोष बोहराले बताउनु भयो ।