Sunday, 27, September, 2020 info@saipalnews.com

१ सय २२ चिनियाँ नागरिकलाई लिन दुई जहाज नेपाल आउँदै

पुस २२ काठमाडौँ । ठुलो संख्यामा पक्राउ गरेका १ सय २२ जना चिनियाँ नागरिकलाई बुधबार चीन फिर्ता पठाइने भएको छ । नेपालमा बसेर चीनविरुद्ध अपराध गरेको भन्दै पक्राउ गरिएका १ सय २२ जना चिनियाँ नागरिकलाई दुई समूहमा चीन पठाउन लागेको प्रहरीले जनाएको छ । उनीको अपराधिक पृष्ठभूमि नभेटिएपछि प्रहरीले अध्यागमन विभागलाई जिम्मा लगाएका मध्य ८८ र ३४ जना गरी दुई समूह मात्र ‘चाइना साउदर्न’ र ‘चाइना वेस्टर्न’ विमानमार्फत चीन फिर्ता पठाइने भएको छ ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने विमानमा चिनियाँ सुरक्षा अधिकृत पनि हुनेछन् । अध्यागमन विभागले कारबाही गरेपछि उनीहरुलाई निष्काशन गर्ने थप प्रक्रिया अन्तिम चरणमा पुर्‍याइएको छ । अध्यागमन ऐन उल्लंघन गरेवापत दुई समूहका व्यक्तिलाई बेग्लाबेग्लै कारबाही भएको छ ।

विभागका अनुसार ८८ जनालाई जनही १ हजार रुपैयाँ र ३४ जनालाई २ हजार रुपैयाँका दरले जरिवाना गरिएको छ । पक्राउ गरेका १ सय २२ जनाको विभाग स्रोतका अनुसार नेपालस्थित चिनियाँ दूतावासले जरिवाना वापतको रकम तिरिदिएको जनाकारी दिएका छन् ।