Thursday, 01, October, 2020 info@saipalnews.com

पशुपति बिस्कुट उद्योगमा आगलागी लाखौँको क्षति

पुस २१ सुनसरी । दुहबीस्थित पशुपति बिस्कुट उद्योग र वीरगञ्जको सरस्वती कपडा उद्योगमा आगलागी भएको छ । आगलागीबाट लाखौंको क्षति भएको उद्योग संचालकहरुले बताएका छन् । पशुपति विस्कुट उद्योगमा मंगलबार राति ८ बजेदेखि लागेको आगो मध्यरात साढे १२ बजेमात्र नियन्त्रणमा आएको डिएसपी धर्मराज भण्डारीले बताएका छन् ।

आगो नियन्त्रणमा लिन विभिन्न स्थानबाट पाँच वटा वारुणयन्त्र पुगेका थिए । स्थानीय, उद्योगका कामदार तथा प्रहरीसमेत खटिएका थिए ।उद्योग सञ्चालकले लाखौंको क्षति भएको बताए पनि प्रहरीले भने क्षतिको पूर्ण विवरण आइनसकेको जनाएको छ ।

यस्तै वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ५ रेशमकोठीस्थित जवाहिर गुप्ताको सरस्वती कपडा उद्योगमा पनि गएराति आगलागी हुँदा तयारी कपडा, मेसिनलगायत करोडौंको सामान जलेर नष्ट भएको सञ्चालकले बताएका छन् ।