Thursday, 03, December, 2020 info@saipalnews.com

पर्वत जिल्ला अस्पतालमा निशुल्क डायलासिस सेवा,जिल्लावासी खुशी

पुस २३ पर्वत । जिल्ला अस्पतालमा निशुल्क  मृगौला डायलासिस हुने भएको छ । जिल्लामै निशुल्क डायलासिस हुने भएपछि यहाँका स्थानीय खुशी भएका छन् , भने साथै उपचाकरको लागि काठमाडौँ पोखरा धाउनु पर्ने झन्झटको पनि अन्त्य हुने भएको छ । आर्थिक अवस्था कमजोर भएकाहरूले यो सेवाबाट बढी लाभ लिन पाउनेछन् ।

अस्पतालले पहिलो पटक मृगौला बिग्रेपछि रगत सफा गर्ने डायलासिस सेवा दिन लागेको हो । चर्को शुल्क तिरेर निजीमा  अस्पतालमा परेकोले तीनै विरामीलाई ध्यानमा राखेर जिल्ला अस्पताल पर्वतले निशुल्क डायलासिस गर्ने तयारी  गरिरहेको अस्पताल विकास समितिका अध्यक्ष गोबिन्द पहाडीले बताएका छन् ।

मृगौलाको उपचारका लागि ३ वटा डायलासिस मेसिन ल्याइन लागेको छ उनले भने, ‘आर्थिक अभावले कुनै पनि बिरामीको मृत्यु नहोस् भन्नका लागि निशुल्क सेवा दिन लागिएको हो । मृगौला फेल भएपछि डायलासिस सेवा लिन जरुरी छ । डायलासिस गरिएन भने बिरामी नबाँच्ने चिकित्सक बताउँछन् ।

साबिक धौलागिरि अञ्चलमा केही समय अघि बागलुङ अस्पतालमा मात्र डायलासिस सेबा सुचारु रहेको भए पनि म्याग्दी, मुस्ताङ र पर्वतमा भने अहिलेसम्म यो सेवा थिएन । जिल्ला अस्पतालमा यही फाल्गुनको पहिलो साता भित्रै डायलासिस सेबा सुचारु गर्ने तयारी भइरहेको पहाडीले जनाकारी दिएका छन् ।  त्यसको लागि अस्पतालले ६ जना स्टाफ नर्सलाई तालिम दिन लगाई सकेको उनले बताए ।

डायलासिसका ३ वटा मेसिन पनि अस्पतालले पुषको दोस्रो साता भित्र भित्र्याउदै छ । जसको लागि अहिले मेसिन राख्ने ठाउँको तयारिमा अस्पताल ब्यवस्थापन समिति लागिपरेको छ । पहाडीका अनुसार प्रदेश सरकारबाट डायलासिसका ३ वटा मेसिन सहयोग किन्न सहयोग गरेको पनि बताएको छ,भने १ मेसिन बेल्जियम बस्ने पर्वतेलिहरुको तर्फबाट हुने पहाडीको भनाइ छ । देशभरका सरकारी अस्पतालको सेवा खस्कँदो भएको बेला पर्वत जिल्ला अस्पतालमा भने नयाँ आधुँनिक स्वास्थ्य औजारहरु थपिदैँ लगेको छ ।