Thursday, 22, October, 2020 info@saipalnews.com

पुस १६ गते हराएकि ८१ वर्षिया बृद्ध मृत अवस्थामा फेला

पुस २३ डोटी । पुस १६ गते दिपालय सिलगढी नगरपालिका वडा नम्ब्र ५ बागठाटा नातनीको घरबाट टुडा जाने क्रममा चटना भन्ने स्थानबाट हराएकी ८१ बर्षिया जमुना देवी विष्ट मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मंगलवार दिउसो ससस्त्र प्रहरी बल दिपालयबाट खटेको असै किसन सिँ साउदको कमाण्डको टोलीले दिपालय सिलगढी नगरपालिका वडा नम्बर ५ बागठाटाको सामुदायिक वन रहेको द्धारी खोला नजिकको जंगलमा मृत अवस्थामा भेटिएकि मृतकका नातेदार समेत रहनु भएका नारद मलासीले बताउनु भएको छ ।

सोही नगरपालिकाको वडा नम्बर ७ पाकरीमा स्थायी घर भएकी विष्टको माइतिगाँउ समेत रहेको गैरा र नातनीको घर रहेको बागठाटा क्षेत्रमा भेटघाटका लागि गएकी परिवार श्रोतले जानकारी दिएको छ । विष्टको १६ गते देखी नै खोजी कार्य थालनी गरिएको थियो । मृतकको अवस्था हेर्दा मुलबाटो लडेर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।