Friday, 27, November, 2020 info@saipalnews.com

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीले २० करोड घुस मागे : दुर्गा प्रसाईं

पुस २३काठमाण्डौ / झापास्थित बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्णगिरीले २० करोड घुस मागेको आरोप लगाएका छन्।

बुधबार पत्रकार सम्मेलन गरेर कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन आयोग उपाध्यक्ष गिरीले घुस मागेको उनको आरोप छ। द्वारिकाहोटलमा बोलाएर २० करोड मागेको उनको भनाइ छ।

प्रसाईले बिएन्डसी कलेजलाई सम्बन्धन माग्दै मंसिर १५ गते चिकित्सा शिक्षा आयोगमा निवेदन दिएका थिए।

बिहान ११ बजे आयोगमा पुगेको जनाउँदै उपाध्यक्ष गिरीले साँझ द्वारिका होटलमा बोलाएको उनले बताए। ‘२०२० करोड मागेपछि मैलेदिन सक्दिनँ भनेको हुँ,’ द्वारिका होटलमा भएको कुराकानीबारे बताउँदै उनले भने, ‘२०५० लाखएक करोडसम्म  ठिकै थियो।

आफूले २० करोड दिन नसक्ने बताएपछि उपाध्यक्ष गिरीले सम्बन्धनको निवेदन दर्ता गर्न नमानेको प्रसाईको भनाइ छ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले भने घुस नमागेको दाबी गरेका छन्। ठाडो निवेदन आएकाले प्रक्रिया पुर्‍याएर ल्याउन भन्दैदर्ता नगरेको उपाध्यक्ष गिरीको भनाइ छ।