Saturday, 24, October, 2020 info@saipalnews.com

कञ्चनपुरमा बायोग्यास प्लान्ट सञ्चालन

पुस २३ कञ्चनपुर । भीमदत्त नगरपालिका कार्यालय परिसरमा निर्माण गरिएको बायोग्याँस प्लान्ट सञ्चालनमा आएको छ । बजार क्षेत्रको कुहिने फोहर सङ्कलन गरी प्लान्टमा ग्याास उत्पादन हुन थालेको छ ।

दैनिक कुहिने फोहर ग्याँसप्लान्टमा राखेर सात किलो ग्याँस दैनिक उत्पादन हुन थालेको छ । रु २० लाखको लागतमा निर्माण गरिएको बायोग्याँस प्लान्टमा कुहिने फोहरसँगै गाईबस्तुको गोवरको प्रयोग गरिँदै आएको नगरपालिकाका वन वातावरण विपद् व्यवस्थापन तथा फोहरमैला शाखाका प्रमुख पुष्पराज भट्टले बताउनुभयो । प्लान्टबाट उत्पादित ग्याँस कार्यालयका कर्मचारीको भान्सामा प्रयोग हुन थालेको छ ।

कार्यालय प्रमुखको निवास, बारुणयन्त्रका कर्मचारीको क्वाटर र नगरपालिका कार्यालयमा सञ्चालित क्यान्टिनमा ग्याँसको खपत भइरहेको जानकारी दिँदै शाखा प्रमुख भट्टले भन्नुभयो, “प्लान्टबाट पाइपमार्फत चुलोमा ग्याँस पु¥याइएको छ, यसबाटै खाना पाक्ने गरेको छ ।”

रासस