Wednesday, 21, October, 2020 info@saipalnews.com

चरित्र हत्या गर्न प्रायोजित समाचार लेखाईयो : मन्त्री सुवेदी

पुस २४ कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मंत्री कृष्णराज सुवेदीले  प्रायोजित समाचारमा बिश्वास नगर्न आग्रह गर्नु भएको छ ।केही दिन देखि सुदूरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालय र मन्त्रीको नाम जोडेर आएका समाचारहरूले आफूलाई अचम्मलागेको बताउनु भयो । केही समय अगाडी सामाजिक बिकास मन्त्रालयले खरीद गरेको एम्वुलेन्स कमशल भएको र उक्त एम्वुलेन्सख़रीद प्रक्रियामा अनियमितता भएको भन्दै समाचार प्रकाशित भएपछि आज मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मंत्रीसुवेदीले एम्वुलेन्स खरीदमा भएको भ्रष्टाचार प्रमाणित गर्न चुनौती दिनु भयो । 

बिभिन्न स्वार्थी समूहले आफ्नो ब्यापारिक उद्देश्य पुरा गर्न नसकेपछि आफ्ना बिरूद् संचारमाध्ययममा समाचार लेखाउँदै हिडेकोबताउनु भयो । उहाँले निरन्तर जनताका पक्षमा काम गरेपछि स्वार्थी समूहका योजना अनुसार चल्न सकिन्न तसर्थ यस्ता कुराले केहीफरक नपर्ने दावि गर्नु भयो । 

 यो समाचार प्रकाशित हुनुकापछाडि गाडी कम्पनीहरूको प्रतिश्पर्धा र पार्टी भित्रकै केही तत्व सक्रिय रहेको मन्त्री सुवेदीको धारणाथियो ।सिप्रदी ट्रेडिंगले गाड़ी सप्लाई गर्ने बोलपत्र प्राप्त गरेपछि अर्का गाडी सप्लायर्स एवं बिवेकशील साझाका नेता गोपी हमालकोब्यापारिक समुह उक्त प्रक्रियाको बिरोधमा उत्रेको थियो ।

स्मरण रहोस सुदूरपश्चिम सरकारले संचालन गर्ने परियोजना बोलपत्रहरू आफूले पाउनुपर्ने दाबी गर्दै आएको हमालको व्यापारिक समुहले संचारमाध्यम समेत संचालन गर्दै आएको छ । ब्यावसायिकरूपमा सरकारलाई प्रभावमा पार्न नसकेपछि आफूले संचालन गरेका सञ्चारमाध्यम मार्फत  समाचार लेखाएर आतंकितपार्ने गरेका छन् ।