Sunday, 20, September, 2020 info@saipalnews.com

नेपालीको सुरक्षाबारे उपयुक्त व्यवस्था मिलाऊः राप्रपा

पुस २४ काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मध्यपूर्वमा हाल विकसित घटनाक्रमलाई दृष्टिगत गर्दै त्यहाँ रहेका नेपालीको हित र सुरक्षाबारे अहिलेदेखि नै उपयुक्त व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

राप्रपा अध्यक्ष एवं पार्टीका अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुख कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले पछिल्लो अन्तरराष्ट्रिय विश्व राजनीतिक घटनाक्रमको समीक्षा र विश्लेषण तथा विभागको भावी कार्यक्रमको खाकाका विषयमा छलफल गरी सो  निर्णय गरेको पार्टी अन्तरराष्ट्रिय सम्बन्ध विभाग  सदस्य सचिव प्रा डा गीताभक्त जोशीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

रासस