Saturday, 31, October, 2020 info@saipalnews.com

डोटीका सामुदायिक विद्यालय ६ दिन बन्द

पुस २५ डोटी । अत्यधिक चिसो बढेपछि डोटीको दिपायल सिलगढी नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयहरूलाई ६ दिनको लागि बन्द हुने भएका छन् । चिसो अत्याधिक बढेका कारणले विद्यालय ६ दिन बन्द हुने नगरपालिकाले जनाएको छ ।  बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले चिसोका कारण विद्यार्थीहरुलाई विद्यालय आवत जावत गर्न कठिनाइ भएको भन्दै ६ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु थापाले जारी गरेको सूचनामा मौसम प्रतिकूलका कारण चिसो अत्याधिक बढ्न गई विद्यार्थीहरुलाई विद्यालय आवत जावत तथा पठन पाठन गर्न अति कठिन भएको तथा सोको  असरबाट विद्यार्थीहरू बिरामी समेत भइरहेको कारण  विद्यालय बन्द गरिदिन हुन विद्यालयलाई पत्रचार गरेको छ । पुस २५ गते देखि बन्द हुने विद्यालय माघ२ गते देखि संञ्चालन गर्न समेत प्रत्रमा उल्लेख गरेको छ । संस्थागत विद्यालयको हकमा भने कुनै कुरा उल्लेख गरेको छैन ।

सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय पहिले नै गरिसकेको छ । दिपायल सिलगढी नगरपालिका भित्र ४० वटा सामुदायिक र १८ वटा संस्थागत विद्यालयहरू रहेका छन् । केही दिनदेखि अत्याधिक चिसो बढेका कारण डोटीको जनजीवन प्रभावित भएको छ ।