Tuesday, 01, December, 2020 info@saipalnews.com

मेलम्ची खानेपानी प्रशोधन केन्द्र निर्माण सम्पन्न

पुस २५ काठमाडौँ । मेलम्चीको पानी प्रशोधन गरेपछि मात्रै पाइपमार्फत घर–घरमा वितरण गर्न सुन्दरीजलमा निर्माण भएका दुवै खानेपानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्नेगरी केन्द्रको निर्माण भएको हो । केन्द्रको निर्माण सम्पन्न भएकाले अब परीक्षण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

यहाँ रहेका प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तरराष्ट्रिय सहयोग नियोग९जाइका० र अर्को एशियाली विकास बैंक९एडिबी० को आर्थिक सहयोगमा निर्माण भएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो ।

उहाँका अनुसार जाइकाको सहयोगमा निर्माण भएको ट्याङ्की केही समय पहिले नै सम्पन्न भएको थियो भने एडिबीको सहयोगमा निर्माण भएको केन्द्र गत महिना मात्रै सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माणस्थलमा काम भइरहँदा पनि आयोजनाले भने पाइपसँगै प्रशोधन केन्द्रको परीक्षण गरिरहेको छ । उहाँले भन्नुभयो,वाग्मतीकै पानीबाट नै परीक्षण गरिनेछ ।”

आयोजनाले सुरुङ निर्माण,‘हेडवर्क’मा एकएक र प्रशोधन केन्द्र निर्माणमा दुई गरेर चार ठेक्कामार्फत काम अघि बढाएको थियो । सुरुङ निर्माण र हेडवर्क निर्माणको काम अहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले गरिरहेको छ ।

आगामी असारसम्ममा सबै काम सकिएर काठमाडौँ उपत्यकावासीले मेलम्चीको पानी खाने खानेपानी तथा सरसफाइ मन्त्रालयले बताउँदै आएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पनि केही समय पहिले समयमै काम सम्पन्न गर्न मन्त्रालयलाई निर्देशन दिएको थियो ।