Sunday, 20, September, 2020 info@saipalnews.com

वाचा पूरा गर्छौं : मन्त्री मगर

पुस २५ कञ्चनपुर । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले निर्वाचनका बेला मतदातासँग गरिएका वाचा पूरा हँुदै जान थालेको बताउनुभएको छ ।आज कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुईमा त्रिपुरासुन्दरी मन्दिरको शिलालेखको अनावरण गर्नुहुँदै उहाँले नागरिकको जीवनस्तरमा सकारात्मक सुधार ल्याउनका लागि सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

सडक, स्वास्थ्य, शिक्षामा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना गरिने बताउनुभयो । जिल्लाको दक्षिणी क्षेत्रका नागरिकलाई विकासको मूलधारमा ल्याउन प्रयत्नशील छौं”उहाँले भन्नुभयो,“यसका लागि काम अगाडि बढाइएका छन् ।यसैबीच मन्त्री मगरले आज भीमदत्त नगरपालिका ८ मा रु २८ करोडको लागतमा निर्माण हुने खानेपानी आयोजनाको शिलान्यास गर्नुभएको छ । सो अवसरमा उहाँले सबै नागरिकलाई शुद्ध पिउने पानी उपलव्ध गराउने सरकारको दायित्व भएको बताउनुभयो ।