Saturday, 24, October, 2020 info@saipalnews.com

डोटीमा रक्तदानप्रति स्थानीयको भूमिकाकाबारे जानकारी

पुस २६ डोटी । रक्तदानमा  स्थानीयको भुमिका विषयक एकदिने जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । शैलेस्वरी अस्पताल डोटीको आयोजना तथा दिपायल सिलगडी नगरपालीका प्रमुख मन्जु मलासीको प्रमुख आतिथ्यतामा दीपायलमा रक्तदान सम्बन्धि स्थानीयको भूमिका एबम जनचेतना मुलक कार्यक्रमका साथै निशुल्क रक्त समुह परीक्षेण  कार्यक्रम गरिएको हो ।

यस्तै कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख मलासीले रगत नपायर हत्वोसाहित नहोस भनेर रगत संकलन केन्द्रका लागि नगरपालीकाको तर्फबाट आपसी पहल चाल्ने बताउनु भएको छ ।

पहाडी भेग रहेका अस्पतालले सबै भन्दा बढी समस्या रगतको भोग्नु पर्ने भएकाले यस तर्फ नगरपालिकाले  रगत संकल केन्द्रका लागि पहल गरिरहेको नगरप्रमुख मलासीको भनाइ थियो । यस्तै कार्यक्रमा बोःलै नगरप्रमुख  मलासीले डोटीको विकासको लागि सबै राजनीतिदलहरु एकवुट भए लाग्नुको साटो सामाजीक सन्जालमा टीकाटीपोणी गर्ने परीपाटी बढेकाले सबैले सकारात्मक हुनु पर्ने नगरप्रमुख मलासीको भनाइ थियो ।

यस्तै कार्यक्रमा शुदुर पश्चिमका प्रदेस प्रहरी तालिम केन्द्र दिपायलमा प्रहरी निरिक्षक  वबवता गजुरेलले हरेक ३ महिनामा मानव शरिरमा रहेको रक्त कोषहरु आफै मरेर जाने भएकाले त्यही रगत दिएर अरुको जीवन बाच्ने भएकाले सबैलाई रगत दान गर्न हुन आग्रह गरेकी छन् । त्यसैगरि नेपाली काँग्रेसका क्षेक्षीय   सभापति विजय खड्काले रक्त दान भनेको जीवन दान भयकाले अरु दान भन्दापनि रक्तदान गरेर जीवन बचाउनु राम्रो काम भयको बताउनु भयो ।

यस्का लागि यहाँका जनप्रतिनिधिहरुले गर्नुपर्ने काम यहाँका प्राइभेट सँस्थाले गरेको र यस अभियानमा सबैले साथ दिनु पर्ने खड्काको भनाई थियो । कार्यक्रमको अन्तमा शैलेस्वरी अस्पतालका सञ्चालक आइजंग कुँवरले कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिदै सबै संघ संस्थालाई हातेमालो गर्दै अगाडी बढ्न आग्रह गर्नै कार्यक्रमकोे सम्पन्न भएको थियो ।

।डोटी जिल्लमा रगत दानगरेको भएपनी संकल केन्द्र नहुदा समस्या खेप्दै आएको बताउनु भएको थिायो ।  अरु ठाउँको तुलनामा डोटी मा नेपाल प्रहरी ,नेपाली सेना र ससस्त्र प्रहरि बाहेक अरुले दिन नमानेको र यस्को मुख्य दायित्व रेडक्रस सोसाइटी को रहेको बताउनु भयो ।यहाका नगर पालिकार गाउपालिकाले आर्थिक सहयोग गरेमा राम्रो ब्लट बैङ सजिलै स्थापना गर्न सकिने बताउनु भयो ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधीकारी टेकनारायण पौडेल विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनीधी ,व्यवसायी ,पत्रकार,  तथा सर्वसाधारणको सहभागिता रहेको थियो । यस्तै ८० वर्षिया बृद्धा मन्धरी देबव बोगटी रगत अभावले शैलेश्वरी अस्पतालमा छट्पटाई रहेको बेला डोटीमा बृद्धाश्रम पुज्य धर्मान्नद बृद्धास्रमका सञ्चालक देनेस रोकायाले रगत दान गरेका छन्।