Thursday, 29, October, 2020 info@saipalnews.com

राष्ट्रपतिबाट अष्ट्रेलियाको क्षतिमा समवेदना व्यक्त

पुस २६ काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियामा महिनौंँदेखि लागिरहेको भीषण डढेलोले मानवीय क्षतिसहित करोडौंँ जीवजन्तु र बोटबिरुवा विनाश गरेकामा  समवेदना व्यक्त गर्नुभएको छ ।

आज अपराह्न ट्विट गर्दै राष्ट्रपति भण्डारीले अग्नि नियन्त्रण गर्न सम्बद्ध पक्षलाई शीघ्र सफलताको कामनाका साथ सुन्दर प्रकृति र संस्कृति जोगाएर जलवायु परिवर्तनको असर कम गर्न विश्व समुदायलाई आह्वान पनि गर्नुभएको छ ।