Saturday, 26, September, 2020 info@saipalnews.com

सुदूरपश्चिममा भकाभक उद्योग खोल्ने तयारी

पुस २७ कैलाली । सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्षभित्रै जडिबुटी उद्योग स्थापना हुने भएको छ । शनिबार कैलालीमा भएको मन्त्रीस्तरिय बैठकले उद्योग सञ्चालन गर्ने निर्णय गरि उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयले वार्षिक स्विकृत कार्यक्रम अन्तरगत जडीबुटी उद्योग स्थापना गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टको संयोजकत्वमा  र आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराको विशेष उपस्थितिमा वसेको बैठकले चैत्र मसान्तभित्र जडीबुटी उद्योग स्थापना गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

सार्वजनिक र निजी साझेदारी क्षेत्र अन्तरगत सुदूरपश्चिम प्रदेशमा जडीबुटी संकलन गर्न र त्यहाँका कृषकलाई खेती विस्तार, प्रशोधन र उत्पादन, कम्पनी स्थापना र संचालनका लागि चालु आर्थिक वर्षमा १० करोड विनियोजन गरिएको मन्त्रालयका शाखा अधिकृत भोजराज पाठकले जानकारी दिएका छन् ।