Tuesday, 01, December, 2020 info@saipalnews.com

चौरपाटी गाउँपालिकाले गर्याे,छाउगोठ भत्काउने निर्णय

पुस २८ अछाम । चौरपाटी गाउँपालिकाको छैठो गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँदको अध्यक्षतामा भएको गाउँसभामा आर्थिक वर्ष २०७६/७७ को गाउँपालिकाको अर्धवार्षिक विनियोजित  विधेयक, २०७६ र आर्थिक विधेयक २०७६ सभामा गाउँपालिका उपाध्यक्ष माया कुँवरले प्रस्तुत गरि अनुमोदन गरिएको थियो  । गाउँसभामा

आएका जिज्ञासाको गाउँपालिका अध्यक्ष साउदले जवाफ दिनु भएको थियो । गाउँ सभामा सामाजिक कुरुतिको रुपमा रहेको छाउपडी कुप्रथा न्यूनिकरणको लागि गाउँपालिकाका ७ वटै वडामा रहेका  छाउगोठ भत्काउने निर्णय सर्वसम्मत रुपमा पारित गरिएको छ । यस्तै गाउँ सभाले छाउपडि गोठमा बस्ने र वस्न वाध्य पार्ने ब्यक्तिलाई कानुन अनुसार कारबाही गर्ने निर्णय समेत गरेको छ । साथै गाउँपालिकामा जनसंख्या र भुगोलको आधारमा वडाको संख्या १० पु¥याउने विधेक  दुई तिहाई वहुमतले पास गरेको छ ।

गाउँसभाले  वडा नम्बर १ को सिउडीमा १ देखि ५  लाई  अर्को वडा वनाउने,  वडा नं २ र ३ को डुंग्री,ठुलागडा,मुल्लि, परमुल्ली र अमट्टेवाडा गरि अर्को वडाका लागि  प्रदेश सरकारलाई सिफारपस गर्ने निर्णय पारित गरेको छ । यस्तै वडा नं ४ पायलको साविकको वडा नं ६ देखि ९ सम्मलाई अर्को वडाको लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै गाउँ सभामा विभिन्न वडाका पाँच योजना कार्यान्वयन हुन नसकेका योजनाहरु परिमार्जन गरि नयाँ शिर्षकमा विनियोजन गरिएको छ । गाउँसभामा उपाध्यक्ष माया कुँवर, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद जैशी ढुंगाना, वडा अध्यक्ष कार्यपालिका सदस्य,वडा सदस्यहरुको सहभागिता रहेको थियो ।