Wednesday, 28, October, 2020 info@saipalnews.com

प्रेम जब बिछाेड हुन्छ तब मान्छे के सम्म गर्दछ

माघ १ काठमाडौ ।दुई मन मुटु बीच मिलन प्रेम याे स्तम्भमा प्रेमकाे विषय विवाह बन्दनमा पहिले युवा युवती बीचकाे मायाकाे चर्चा गरिएको छ । देखादेख, परिचय, सामान्य चिनजान हुदै बाक्लो भेटघाट साथै एकआपसमा दुख सुख साँटासाँट हुदै प्रेम सम्बन्ध गहिरो हुदै जाने गर्दछ । युवा युवती दुबै मनपराए वा चित्तबुझ्दो भएमा प्रेम सम्बन्ध जाेडिन्छ याे सचेत र परिपक्व युवा युवतीको हकमा लागू हुन्छ ।

कतिपय प्रेम सम्बन्ध स्वार्थका हुन्छन् स्वार्थ पुर्ति भएपछि बिछाेड हुन्छ , कतिपय प्रेम सम्बन्ध केटाकेटी पनका कच्चा हुन्छन् ती पनि टिक्न सक्दैनन् कतिपय छलछाम गरेर प्रेम सम्बन्ध जाेड्छन् र यथार्थ थाहा भएपछि बिछाेड हुन्छ । कुनै युवा युवती वास्तवमा एकआपसमा साँच्चिकै प्रेम गर्दछन् र त्याे प्रेममा कहिं कतैबाट अवराेध भएर नचाहेको अवस्थामा छुट्नु पर्याे भने निराशा तनाव पागल जस्तै हुने र आत्महत्या सम्मकाे परिस्थिति शिर्जना भएको देखिन्छ ।

नाै महिनासम्म आ फ्नाे काेखमा राखेर जन्मदिने आमा र दिन रात नभनि आफ्ना छाेराछाेरिकाे शिक्षा स्वास्थ्य हेरविचारमा खटिरहने बुबा कति माया छ आमा र बुबाको जसले पुरै जिन्दगी छाेराछाेरिकाे खुसिकाेे लागि खर्च गरेका हुन्छन् । आफ्ना बुबा आमा दाजुभाइ दिदिबहिनी ईष्टमित्र सबैकाे माया हुदाहुदै छाेटाे समय चिनजान भएको मान्छे संग बिछाेड हुनुपर्दा आत्महत्या सम्म गर्नु भनेको अचम्मित कुरा हाे ।

प्रेम सम्बन्ध बिचार र भावनात्मक एकता हाे । दुई जना एकले अर्कोलाई मनपराएपछि प्रेम सम्बन्ध अगाडि बढेको हुन्छ । युवा युवतीहरुले आफ्नाे भबिस्यकाे मार्गचित्र काेरेका हुन्छन् प्रेम सम्बन्धमा । वास्तविक प्रेम सम्बन्ध परिपक्व प्रेम सम्बन्धमा सजिलोसँग विचलन आउन सक्दैन । प्रेम सम्बन्ध सुमधुर हुदै गर्दा कारणवस छुटिहालेमा पनि त्यसलाई सामान्य मान्नुपर्छ यदि त्यसलाई बढी महत्त्व दिएको खण्डमा तनाव उत्पन्न हुन्छ । भनिन्छ लेखेको पाईन्छ देखेकाे पाईदैन ।

समय र परिस्थिति मान्छेकाे नियन्त्रण भन्दा बाहिरको कुरा हाे । नहुने कुरामा जति बल गरेपनि हुदैन र हुने कुरा कसैले राेक्दा पनि राेकिदैन याे सत्य हाे यसलाई स्विकार गरे मान्छेकाे जिन्दगी आनन्दमय हुन्छ । सम्पत्ति हेरेर , रुप हेरेर गरेको प्रेम सम्बन्ध अत्यन्तै कमजोर हुन्छ जतिसुकै बेला टुट्न सक्छ तर आज जकाे प्रेम सम्बन्ध सम्पत्ति र रुप हेरेर लगाइन्छ । प्रेममा बिछाेड हुदैमा स्वर्वस्व गुमेको हुदैन यसलाई सामान्य रुपमा लिनुपर्छ ।