Friday, 03, December, 2021 info@saipalnews.com

बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँ विरुद्ध पक्राउ पूर्जी जारी

पुस २ काठमाडौँ  झापामा सञ्चालित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । प्रसाईविरुद्ध जिल्ला अदालत भक्तपुरमा मानहानीको मुद्दा दायर भएको थियो । त्यसकै क्रममा जिल्ला अदालत भक्तपुरले प्रसाईँलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले प्रसाईँविरुद्ध मानहानीको मुद्दा दायर गरेका हुन् ।प्रसाईँले गएको पुस २३ गते काठमाडौँमा पत्रकार सम्मेलन गरी आफूसँग डा। गिरीले २० करोड घुस मागेको आरोप लगाएका थिए ।२० करोड घुस दिएमा मेडिकल कलेज सञ्चालन गर्न दिने डा। गिरीले प्रस्ताव गरेको आरोप प्रसाईँले सार्वजनिक रुपमा लगाएका हुन् । त्यसपछि डा। गिरी मानहानी भएको भन्दै अदालत पुगेका हुन् ।

  • देशसञ्चार