Friday, 27, November, 2020 info@saipalnews.com

देशभक्तिबाट त्रसितहरुको कुप्रचारबारे

माघ ५ काठमाडौँ । देश र जनताप्रतिको मेरो अनवरत निःस्वार्थ  अडानबाट पराजित मानसिकतामा पुगेका तथा तथ्य र तर्क रित्तियपछि अनर्गल प्रचारबाट चरित्र हत्याको अभियान चलाउन खोज्ने घरेलु र वाह्य शक्ति केन्द्रका दलालहरुको कुप्रचार यी तथ्यबाट स्वत खण्डित हुन्छ ।

नेपाल ट्रान्जिसन टु पिस एनटीटीपी  शान्ति तथा पुनःनिर्माण मन्त्रालयको स्वीकृति र सहयोगमा शान्ति प्रक्रियामा सहयोग पुर्याउन गठित खुकुलो मञ्च थियो । त्यसका खुला छलफलमा भागलिने व्यक्तिहरु यस प्रकार थिएः

  • सहजकर्ताःदमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, डा वीरेन्द्र मिश्र, डा विद्याधर मल्लिक

राजनीतिक दलको तर्फबाट सहभागीहरुः

  • तत्कालिन नेकपा एमालेको तर्फबाट ईश्वर पोखरेल, भीम रावल, प्रदीप ज्ञवाली, अग्नी खरेल
  • नेपाली कांग्रेसः अर्जुननरसिंंह केसी, डा प्रकाश शरण महत, विमलेन्द्र निधि, डा मिनेन्द्र रिजाल
  • एनेकपा माओवादी वर्षमान पुन, लिलामणि पोखरेल, सुरेश आलेमगर, खिमलाल देवकोटा नेपाल सद्भावना पार्टीः सरिता गिरी, अनिल झा
  • मधेशी जनाधिकार फोरमः वी।पी। यादव, जितेन्द्र देव, वृषेशचन्द्र लाल
  • तमलोपाः हृदयश त्रिपाठी

यसमा कुनै समय शान्ति तथा पुनःनिर्माण मन्त्री र सचिव, नेपाल सरकारका मुख्य सचिव र कानून आयोगका सचिव पनि सहभागी हुनुहुन्थ्यो ।यस फोरममा कहिलेकाहीं पार्टीमा फेरबदल भएअनुसार प्रतिनिधि पनि फेरिन्थे । संयुक्त राष्ट्र संघ विकास कार्यक्रम यूएन्डीपी तथा दातृसंस्था र राष्ट्रका प्रतिनिधिहरु तथा विज्ञहरु पनि विषय हेरी सहभागी हुन्थे । यस फोरमको कार्यालयमा प्रधानमन्त्री र पार्टीका शीर्ष नेताहका बैठक पनि समय–सयमा हुन्थे । एन्टीटीको कार्यालयको तर्फबाट प्रायः विष्णु प्रसाद सापकोटा र सजना महर्जनको सहभागिता हुन्थ्यो ।

कोर ग्रुपःयसमा पनि प्राय एन्टीटीमा सहभागी पार्टीका प्रतिनिधिहरुको सहभागिता हुन्थ्यो । एस्एस्आर सेक्युरिटी सेक्टर रिफर्म को विषय आएका वखत नेपाली सेनाका अवकाश प्राप्त जर्नेलहरुको पनि सहभागिता हुन्थ्यो । यसमा तत्कालिन माओवादीका तर्फबाट देवा गुरुङ र जनार्दन शर्माको पनि सहभागिता रहन्थ्यो तर धेरैजसो वर्षमान पुन, खिमलाल देवकोटाको सहभागिता हुन्थ्यो । कहिलेकाही अरु व्यक्तिहरु पनि आउनु हुन्थ्यो । शान्ति प्रक्रिया र संविधान निर्माणका सन्दर्भमा सुरक्षा क्षेत्रमा गरिने सुधार तथा समायोजनाबारे छलफ हुन्थ्यो ।

उक्त सबै काम पार्टीको जानकारी तथा शान्ति प्रक्रियालाई अगाडि कसरी बढाउने कुराका सम्बन्धमा हुन्थे !

जहाँसम्म कुनै देशले मलाई नेकपा एमाले भित्रको सम्भावना बोकेको उदाउदो व्यक्ति भन्ने वा मेरो भूमिका प्रभावकारी रहेको भनी टिप्पणी गर्ने कुरा छ । यस्ता टिप्पणीहरु अरु देशका कूटनीतिज्ञले पनि गरेका छन् । उनीहरुले गरेको टिप्पणीको आधारमा कसैलाई लाञ्छित गर्ने कुरा हास्यास्पद र निन्दनीय छ ।

मलाई कसैले प्रमुख सम्पर्क व्यक्ति भनेको भन्दै त्यसको आधारमा जनमानसलाई भ्रमित गर्ने कुत्सित अभ्यास पनि केहीले गरेका छन् । मैले तीन दशक बढी तत्कालीन नेकपा एमाले को विद्यार्थी संगठनदेखि पार्टीको विदेश विभागमा काम गर्दा त्यतिबेला अंग्रेजी लेख्ने र बोल्ने मानिसहरुको नितान्त अभाव थियो । पार्टीका नेताहरुले प्रायः विदेशीहरुसंग कुराकानी गर्दा वा पत्राचार गर्दा मेरो सहयोग लिनुहुन्थ्यो । मैले अनेकौँ बैठकहरुमा विदेशीहरुलाई पार्टी र राष्ट्रिय राजनीतिबारे अंग्रेजी भाषामा जानकारी गराएको छु ।

यस अर्थमा नेकपा एमाले र राष्ट्रिय राजनीतिबारे जानकारी दिने व्यक्ति कसैले भनेछ भने त्यसलाई मेरो बारेमा कुप्रचार गर्ने विषय बनाउनु दुष्टताको पराकाष्टा हो । आफ्नो देश तथा पार्टीको नीति र स्थितिबारे सकारात्मक व्याख्या गरेर जानकारी दिनु उचित कुरा हो । अरु देशका कूटनीतिज्ञहरुले पनि आफ्नो बारेमा जानकारी दिने काम गरिनै रहेका हुन्छन् ।

माथि उल्लेखित कुराहरु कुनै देश वा व्यक्तले कुन प्रसंग, आशय वा समयमा भनेको हो वा कसैले बनावटी कुरा गरेर आफ्नो निहित स्वार्थ साधाना गर्न खोजेको हो त्यो त अँझ हेर्नु नै पर्छ । मैले विद्यार्थी कालदेखि हालसम्म राष्ट्रिय सावभौमसत्ता, हित, अखण्डता र स्वाभिमानको पक्षमा निरन्तर आवाज उठाउनु साथै त्यसो गरेवापत कारावासको सजाय लगायत अनेकौँ प्रहारको सामाना गर्नुका साथै पार्टी निर्माणमा महत्वपूर्ण योगदान गरेको सहन गर्ननसक्ने वा डाहा र ईष्र्याले छटपटिनेहरुका कुप्रचारबाट पूर्वाग्रह नभएका, देशलाई माया गर्ने व्यक्तिहरु भ्रमित हुने छै्नन् ।