Saturday, 19, September, 2020 info@saipalnews.com

प्रेस सँगठन अछामले पायो पुर्णता,यस्तो बन्यो कार्यसमिति

माघ ५ अछाम । नेपाल कम्युनिष्ट पार्टि नेकपाको भातृ सँगठन प्रेस सँगठन नेपाल जिल्ला कमिटी अछामले पुर्णता पाएको छ । केन्द्रको निर्देशन अनुसार अछामको प्रथम जिल्ला भेला मार्फत सबै जिल्ला कमिटिका सदस्यले सपथ खाएपछि जिल्ला कमिटीले पुर्णता पाएको हो ।

तत्कालिन प्रेस चौतारि र प्रेस सेन्टर मिलेर बनेको प्रेस सँगठन अछाम सयोजक, सह-सयोजक गरि ३५ सदस्यीय जिल्ला कमिटी रहेको छ भने ९ जनाको सचिवालय कमिटी रहेको छ । ९ जनाको सचिवालयमा सयोजक नरेन्द्र रावल, सहसयोजक कृष्ण बहादुर बुढा, सदस्य बिक्रम परियार, कमल रावल, कल्पना बोहरा, महेश रिमाल, शँकर थापा, ज्याक साउद र एकेन्द्र महता सदस्य रहेका छन ।

जिल्ला भेलाका प्रमुख अतिथि नेकपा अछामका अध्यक्ष एव राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले पद तथा गोपनियताको सपथ ग्रहण गराउदै पत्रकारिता पेशालाई मर्यादित बनाउदै पत्रकारिता गर्नु पर्ने बताउनु भयो । राज्यको चौथो अँग भएकाले राजनितिक पत्रकारिता भन्दा समाजका कुरिति, कुसस्कार सहित राम्रा नराम्रा कुरालाई समेत प्राथमिकता दिनु पर्ने बताउनु भयो ।

यस्तै नेपाल कम्युनिस्ट अछामका अध्यक्ष शेरबहादुर कुँवरले प्रेस जगतको ब्याबस्थापनका लागि आफुले जहिले पनि आवाज उठाउने गरेको बताउनु भयो । राज्यको चौथो अँग पत्रकारिता भएकाले हकहितका लागि आवाज उठाइरहेको बताउनु भयो ।

प्रेस सँगठन नेपाल जिल्ला कमिटी अछामको भेलाको प्रमुख अतिथिको आशनबाट बोल्दै राष्ट्रिय सभा सदस्य समेत रहेका अध्यक्ष कुँँवरले मिडिया सम्बन्धिको समितिको सदस्य समेत रहेकाले दफाबार छलफलमा सुझाव दिदै आएको बताउनु भयो । समाजको हरेक क्षेत्रमा पत्रकारको आवश्यकता भएकाले सबैलाई एक ढिक्का भएर अघि बढन आग्रह गरेका थिए ।

प्रेस सँगठन नेपाल अछामको संयोजक नरेन्द्र रावलको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि सविधान सभा सदस्य भरत साउदले २०१५ सालमा जनताले काँग्रेसलाई बहुमत दिलाए जसरी यतिबेला नेकपालाई बहुमत सुम्पेकाले जनताको मन जितेर कम्युनिस्ट सरकार अघि बढनु पर्ने बताउनु भयो ।

बिशिष्ट अतिथि नेकपा अछामका सचिव झपट साउदले पार्टी यतिबेला एक ढिक्का भएर अघि बढने बेला थुप्रै क्षेत्रबाट बिभाजन कुरा भइरहेकोले यस्ता गतिविधि रोक्न समेत पत्रकारले सकारात्मक समाचार सम्प्रेषण गर्नु पर्ने बताउनु भयो । ब्यक्ति भन्दा सगठन ठुलो भएकाले बिभाजन तिर अघि बढे देश र जनतालाई समेत घातक हुने बताउनु भयो ।

अर्का बिशिष्ट अतिथि मगलसेन नगरपालिका प्रमुख तथा नेकपा अछामका सदस्य पदमबहादुर बोहराले समाजको सचेत नागरिक पत्रकार भएकाले देश र पार्टीको क्षेत्रमा कलम चल्नु पर्ने बताउनु भयो ।

प्रेस सँगठन नेपालका केन्द्रिय सदस्य एकिन्द्र कुँवर समेत बिशिष्ट अतिथि रहनु भएको कर्यक्रममा केन्द्रीय सदस्य राजेन्द्र कुमार कुँवर, केन्दीय अनुशासन आँयोगका सदस्य टेकराज भण्डारी, प्रदेश सदस्य पुष्पराज भट्ट, शिवराज ढुँगाना, चन्द्र बहादुर थापा, होम साउद, भानु ढकाल, नेकपा अछामका कार्यालय सचिव नमराज न्यौपाने, सहसचिव शिबबहादुर बोगटी जिल्ला सदस्य खकेन्द्र साउद, भरत अयडि लगाएतका अतिथि रहनु भएको थियो ।

सोही अवसरमा सँयोजक, उपसँयोजक गरि ३५ सदस्यिय जिल्ला कमिटी र सचिवालय कमिटि सयोजक नरेन्द्र रावलले घोषणा गर्नु भएको सबै सदस्यलाई प्रमुख अतिथि नेपाल कम्युनिष्ट अछामका अध्यक्ष शेरबहादुर कुँवरले सपथ खुवाउनु भएको थियो । प्रथम जिल्ला भेला कार्यक्रमको सञ्चालक  जिल्ला सह संयोजक कृष्ण बहादुर बुढाले गर्नु भएको थियो ।