Saturday, 16, January, 2021 info@saipalnews.com

नेपाली काँग्रेस डोटीले बुझायो प्रधानमन्त्रीलाइ विरोध पत्र

माघ ५ डोटी । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सूचना प्रविधि विधेयकविरुद्ध डोटी लगाएत देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई विरोधपत्र बुझाएको छ । विधेयक सच्याउन माग गर्दै काँग्रेसले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाएको हो ।

गत पुस १७ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र संचालन सम्बन्धी विधेयकले संविधान प्रदत्त नागरिक अधिकार हनन हुने निष्कर्ष निकालेको थियो । उक्त निर्णय अनुसार नै जिल्ला प्रशासन कार्यालयमार्फत बिरोध पत्र बुझाइएको नेपाली काँग्रेस डोटीका साभापति प्रदीपकुमार देउवाले जानकारी दिनुभयो ।

सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा कसैलाई निरन्तर जिस्क्याए ५ वर्षसम्म जेल वा १५ लाखसम्म जरिमाना वा दुवै सजाय हुन सक्नेसम्म व्यवस्था छ । विशेष सेवा विधेयक भने संसदमा दर्ता मात्र भएको छ, जसमा अदालतको अनुमति नलिइ फोन ट्यापिङ गर्नसक्ने लगायतका विवादास्पद प्रावधान समेत छ ।