Thursday, 25, February, 2021 info@saipalnews.com

१सय २० जनालाई कम्बल वितरण

माघ ६ डोटी । दिपायलमा रहेको केवी स्टीलका संचालक खगेन्द्रबहादुर साउँद केवीले दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ देखी ४ वडासम्मका १सय २० जना  बृद्ध, एकल, अपाङ्ग तथा असाहयलाई जाडोमा न्यानो कपडा वितरण तथा सम्मान गरेको छ ।

चिसो मौसममा न्यानो बाँडने साउँदले सहयोग तथा सम्मान स्वरुप  प्रत्येक वर्ष दिपायल सिलगढी नगरपालिका क्षेत्र भित्र न्यानो कपडाको रुपका कम्वल वितरण गर्दै आउनु भएको छ ।  विगत केही खर्षदेखी नगरपालिका भित्रका विपन्न ब्यक्तीलाई कम्बल वितरण गर्दै आउनु भएका साउँदले अन्य बिद्यालयमा अक्षयकोष स्थापना जस्ता परोपकारी काम पनि गर्दै आउनु भएको छ ।

समान्य ब्यापारबाट शुरु गरेका साउँद दिपायलको सफल ब्यवसायीको छबी बनाएका छन । सानोमा आमा बुवाको मायाँबाट बञ्चित बनेका साउँद सबै नगरपालिकाका जेष्ठ नागरिकलाई आमाबुवाको स्नेहको रुपमा सम्झँदै प्रत्येक वर्ष चिसो मौसनमा उपहार स्वरुपमा कम्बल वितरण गर्दै आउनु भएको छ । सानो उमेरमा आमाबुवाको माया पाउँन नसकेपनी अहिले सबैको मायाँ प्राप्त गरेको केबी साउँदले बताएका छन ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा डोटीका अध्यक्ष चक्र मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको न्यानो लुगा हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो । विपन्न ब्यक्तीलाई सहयोग प्रदान  गर्ने केबी साउँदको  कार्यक्रम प्रशंसनीय भएको अध्यक्ष मल्लले बताउनु भएको छ ।

केबी स्टीलले कम्बल वतरण गरेसँगै बिष्ट कस्मेटिक तथा फेन्सी हाउसका संचालन राम बिष्टले कोलगेट तथा ब्रस पनि हस्तान्तरण गर्नु भएको थियो । केबी स्टील तथा बिष्ट कस्मेटिक तथा फेन्सी हाउसले नगरपालिका भित्रका २ सय ७० जनालाई कम्बल तथा पेष्ट तथा ब्रस वितरण गर्ने कार्यक्रम रहेको राम बिष्टले जानकारी दिनु भएको छ । निजी क्षेत्रबाट भएको उक्त ठुलो परिणाम को सहयोग कार्यक्रको स्थानीय  तथा सहयोग प्राप्त गर्ने ब्यक्तीहरुले प्रशंसा गरेका छन ।