Thursday, 22, October, 2020 info@saipalnews.com

सभामुखमा अग्नि सापकोटाको एक्लो उम्मेदवारी

माघ ७ काठमाडौं । नेकपाका सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि मंगलबार उम्मेदवारी दर्ता गराएका छन् । सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले उम्मेदवारी  दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता पछि नेता सापकोटाले संक्षिप्त प्रतिक्रिया दिँदै जननिर्वाचित संस्थालाई थप गरिमामय बनाउने बताए ।

तत्कालिन सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहारको आरोपमा राजीनामा दिएपछि गत असोजदेखि सभामुख पद खाली भएको थियो । यद्यपि, नेकपाभित्रको आन्तरिक किचलोका कारण लामो समयदेखि सभामुख निर्वाचन प्रक्रिया अघि बढ्न सकेको थिएन् । सत्तारूढको यो कार्यशैलीको चर्को आलोचनासमेत भएको थियो । लामो अन्योलता चिर्दै नेकपाले अग्निलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै संसद् सचिवालयले प्रक्रिया थालेको हो ।

सभामुख निर्वाचनमा कांग्रेस भने सहभागी नहुने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।