Sunday, 28, February, 2021 info@saipalnews.com

घुस लिएको प्रहरी अख्तियारको फन्दामा

माघ ७ काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उर्लाबारी मोरङमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । काठ फर्नीचरको कारोबारमा सहजीकरण गरिदिने भन्दै श्रेष्ठले सेवाग्राहीसँग रु ८ हजार घुस मागेको अभियोग लागेको छ ।

आयोगले केही दिन पहिले श्रेष्ठलाई घुस रकमसहित पक्राउ गरेको थियो । आरोपीविरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।