Thursday, 03, December, 2020 info@saipalnews.com

खेलाडी राष्ट्रका गहना हुन् : राष्ट्रि सभा सदस्य कुँवर

File photo

राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवर खेलाडी देशका गहना भएकाले खेलाडीको संरक्षण गर्नु पर्नेमा जोड दिनु भयो । आज चौरपाटी मा आयोजित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै  राष्ट्रिय सभा सदस्य कुँवरले खेल प्रतियोगिता प्रतियोगिताको रुपमा मात्र  नभई एक अर्को सीप तथा प्रदर्शन गर्ने अवसर भएको बताउनु भएको छ । देश विकासको मुख्य मेरुदण्डको रुपमा खेल क्षेत्रलाई  लिन सकिने भन्दै सबै तहबाट खेलाडिलाई सहयोग गर्नु पर्ने नेता कुँवरले बताउनु भयो ।

चौरपाटी गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष शेरबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका अध्यक्षहर्क बहादुर साउद रहनु भएको थियो । कार्यक्रममन प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद जैसी, नेकपा जिल्ला कमिटी सचिवालय सदस्य तथा चौरपाटी गाउँपालिका अध्यक्ष रामबहादुर थापा, नेपाली काँग्रेस पार्टी प्रतिनधि गणेशबहादुर शाह लगायतले मन्तब्य राख्नु भएको थियो ।

आज भएको पहिलो ८ सय मिटर दौड प्रतियोगितामा बैजनाथ पायलका छात्र पारस कुँवर पहिलो,दयापिपलतोला माविका छात्र रोहित भुल दोस्रो र सिउडी माविका छात्र आषिश शाह तेस्रो भएका छन । यस्तै आठ सय मिटरको छात्रा तर्फको दौड प्रतियोगितामा सिउडी माविका सुस्मिता थापा पहिलो,दयापिपलतोला माविका लोकसरी वोहरा दोस्रो र गुगुडा निमाविका पार्वति साउद तस्रो भएका छन । प्रतियोगितामा गाउँपालिकाका भरिका विद्यालयको सहभागिता रहेको थियो ।