Monday, 18, October, 2021 info@saipalnews.com

सुदूरपश्चिम प्रदेशमा निर्वाचन जारी,पहिलो मत खसाउनेमा : पूर्वमन्त्री सोडारी

माघ ९ डोटी । राष्ट्रियसभा सदस्यको लागि सुदूरपश्चिम प्रदेशमा मतदान जारी छ। पूर्व सामाजिक बिकास मन्त्री समेत रहेका नेकपाकानेता दीर्घ सोडारीले पहिलो मतदान गरेका थिए । बिहान १० बजेदेखि  शुरु भएको मतदान जारी रहेको छ । प्रदेशसभाका सदस्य, नगरपालिकाका प्रमुख,उपप्रमुख र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष डोटी जिल्लाको सिलगढी पुगेर मतदान गरिरहेका छन्।

उनीहरु प्रदेशको पुरानो सदरमुकाम डोटीको सिलगढीस्थित पद्मपब्लिक हाइस्कुलमा रहेको मतदान केन्द्रमा मतदान गरिरहेका हुन्। एक महिला र एक अन्य गरी दुईजनाका लागि भइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा का तर्फबाट तारामान स्वाँर र शारदा भट्ट, नेपाली कांग्रेसका तर्फबाट तुलसीदेवी देवकोटा र प्रतावसिं ठगुन्ना चुनावी मैदानमा उत्रेका छन् ।